‘मधेश’शब्दको विरोध नेकपा–काँग्रेसले जनकपुरमा गरिरहँदा स्वतन्त्र मधेश अभियान तीव्र

हुलाकी न्यूज, जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका कार्यकर्ता तथा पत्रकारहरूले प्रदेश २ को नाम मधेस राख्न नहुने भन्दै विरोध जनाएका छन्।

प्रदेश २ को नाम र राजधानी बारे सुझाव सङ्कलन गरिरहेको आयोगले जनकपुरमा आयोजना गरेको कार्यक्रममा नेकपा र काँग्रेसका कार्यकर्ताहरूले ‘मधेस’ शब्दको विरोध गरेका हुन्।

नेकपा र काँग्रेसका पत्रकारहरूले पनि कार्यक्रममा मधेस शब्दको विरोध गरेका थिए।

उनीहरूले प्रदेश २ को नाम मधेश बाहेक हुनु पर्ने तर्क गरेका थिए। तर सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका समर्थकहरूले प्रदेश २ को नाम मधेश राख्नु पर्ने सुझाव दिए।

अन्य सर्वसाधारण जनकपुरवासीहरुले पनि प्रदेश २ को नाम मधेश वा मध्यमधेश राख्नु पर्ने सुझाव दिए।

जनकपुरमा नेकपा–काँग्रेसले मधेश शब्दको विरोध गरिरहँदा नजिकैको सहिद नगर नगरपालिकामा युवाहरूले स्वतन्त्र मधेश अभियानलाई तीव्रता दिएका छन्।

उक्त नगरपालिकाको विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। स्वतन्त्र मधेस अभियानमा लागेका प्रेम यादवका अनुसार स्वतन्त्र मधेशका लागि युवाहरूको आकर्षण बढेको छ।

उक्त नगरपालिकामा आयोजना गरिएको प्रशिक्षणमा नाराबाजी गर्दै युवाहरू भिडियाे :

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.