मधेश बलिदानी दिवसमा सम्बोधन गर्ने तयारी गरेका सीके राउत घर मै नजरबन्द

हुलाकी न्यूज, जनकपुरधाम । ११ औं मधेश बलिदानी दिवसको अवसरमा देश र विदेशमा गरी करिब आधा दर्जन कार्यक्रमको सम्बोधन गर्न लागेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत घर मै नगरबन्दमा परेका छन् ।
नेपाल प्रहरी धनुषाका प्रहरी निरिक्षक राजकिशोर साहको टोलीले डा.राउतलाई जनकपुरधामस्थित डेरामै नजरबन्दमा राखेका छन् ।

मधेश बलिदानी दिवसको अवसरमा गत वर्ष डा.राउतले लाहानमा गरेको सभामा ठूलो संख्यामा मधेशीहरु सहभागी भएका थिए । सोही समयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आयोजना गरेको सभामा सर्वसाधारणहरु सभागी नहुँदा नेताहरु भाषण नै नगरी गएका थिए । त्यसपछि डा.राउतलाई पक्राउ गरिएको थियो ।

बलिदानी दिवसको अवसरमा सभालाई सम्बोधन गर्न जान सक्ने सम्भावनालाई मध्यनजर गरी प्रहरीले दुई दिनदेखि उनको डेरालाई घेराबन्दी गरेको थियो ।

आज विभिन्न समाजिक सञ्जालबाट विभिन्न ठाउँमा हुन लागेको सभालाई डा.राउतले सम्बोधन गर्ने तयारी गरेको स्रोतले जनाएको छ । प्रहरीले उक्त सुचनाका आधारमा डा.राउतलाई घर मै नजरबन्दमा राखेको छ ।

यसैबीच स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुले लाहानमा गरेको रक्तदान कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । गठबन्धनका केही कार्यकर्ताहरुलाई नियन्त्रणमा पनि लिइएको छ ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.