जनकपुरधाममा एक समारोहका बिच द मिडिल कन्ट्रीको विमोचन गर्दै विश्लेषक सीके लाल, डा. राजेन्द्र विमल, वरिष्ठ पत्रकार राजेश्वर नेपाली र डा. भोगेन्द्र झा । तस्बिर : घनश्याम मिश्र ।

हुलाकी न्यूज, काठमाडौं । विश्लेषक सीके लाल भन्छन्,‘मधेशमा बौद्धिक कर्म निकै कम हुँदै गएको छ । त्यो चाहे पुस्तक लेखनमा होस् वा अन्य विधामा होस् । तर पछिल्लो पटक प्रकाशित भएको मधेश सम्बन्धी पुस्तक द मिडिल कन्ट्री मधेशका लागि एउटा कोसे ढुँगा सावित हुनेछ ।’

डा.राजेन्द्र विमल भन्छन्,‘द मिडिल कन्ट्रीले मधेशको एउटा काल खण्डलाई उजागर गर्छ । जसले भावी पुस्तालाई मधेशको इतिहास मात्रै होइन मधेशका समाजिक र सांस्कृतिक पक्षको पनि ज्ञान दिनेछ ।’

पत्रकार राजेश्वर नेपालीको कथन अलिक फरक छ । उनी भन्छन्,‘मधेश अथवा मिथिलाका लागि भनेर कयौं पुस्तकहरु प्रकाशित हुन्छन् । अल्पज्ञानीहरुले पाठकलाई दिग्भ्रीत गर्दै आएको छ । तर द मिडिल कन्ट्री अनुसन्धान तथा प्रमाणमा आधारित पुस्तक भएकोले यो संग्रह योग्य पुस्तक छ । आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरमा मधेशको बारे चर्चा गर्नुपरेमा यसको चर्चा हुनेछ ।’

माथिका विशिष्ट व्यक्तीहरु मात्र होइन अन्य साधारण पाठकहरुले पनि यस पुस्तकका विषयमा यस्तै चर्चा गर्छन् । पुस्तक प्रकाशन भएपछि लण्डनमा विमोचन हुँदासमेत कयौं विदेशीहरुले यस पुस्तकको प्रशंसा गरेका थिए ।
त्यसपछि यस पुस्तकको विमोचन जनकपुरधाममा भयो । उक्त विमोचन कार्यक्रम पछि कयौं बौद्धिक व्यक्तिहरुले पुस्तक पढन पाउने अवसर पाए र उनीहरुले प्रतिक्रिया दिए, ‘यस्तो अरु पुस्तक अहिले आउँछ ?’

नेपाली बजारमा द मिडिल कन्ट्री सबै ठाउँमा उपलब्ध नभएपनि काठमाडौंको मण्डला बुक पोइन्ट, असन र बज्रा पुस्तकमा उपलब्ध रहेको छ ।

पुस्तक प्रकाशकका अनुसार पहिलो चरणमा नेपाल भित्रियाइएको पुस्तकहरु केही दिन मै विक्री भएपछि थप पुस्तकहरु आउन क्रममा रहेको छ । केही साता भित्रै मधेशका सहरहरुमा पनि सहजै पुस्तक उपलब्ध हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.