मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक नभए संसद अवरुद्ध गर्ने

हुलाकी न्यूज, काठमाडौं : तेस्रो मधेश थरुहट आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिक नभए संसद अवरुद्ध गर्ने चेतावनी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दिएको छ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा राजपाले पूर्वन्यायाधीश गिरिश चन्द्र लाल आयोगको प्रतिवेदन सरकारले तत्कालै सार्वजनिक नगरे सदन चल्न नदिने चेतावनी दिएको हो।

बुधबारको संसदमा राजपाका सांसदहरुले उठेर विरोध जनाएका थिए।

राजपाका प्रमुख सचेतक लक्ष्मण लाल कर्णलाई बोल्न समय दिएपछि कर्णले मधेश थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गराउन माग गरे।

‘मधेश थरुहटमा ६ महिनासम्म आन्दोलन भयो। करिब ७५ जना मारिए। सयौं घाइते भए। शान्तिपूर्ण आन्दोलन गर्दा मानव अधिकारको अत्याधिक उल्लंघन भयो,’ कर्णले भने, ‘मानव अधिकारको कनभेनसनहरुमा नेपाल सरकारले हस्ताक्षर गरको छ । त्यही आधारमा हामीले दबाब दिदा न्यायिक छानविन आयोग गठन भयो। सरकारले गिरिश चन्द्र लाल नेतृत्वको छानविन समितिले छानविन ग¥यो।’

२०७३ असोज २ मा गठन भएको आयोगले २०७४ मंसिर २९ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । लालले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन।

‘प्रधानमन्त्रीले प्राप्त गरेपछि राज्यले प्राप्त गरेको हुन्छ। अहिलेसम्म किन प्रतिवेदन सार्वजनिक भएन?’ कर्णले भने,‘त्यो आयोगले ३२६४ वटा उजुरीको छानविन गरेको छ। त्यो कुरा जनताले थाहा पाउनु र्पयो कि दराजमा थन्क्याउने? अहिलेसम्म सार्वजनिक भएको छैन। सरकार किन गम्भीर भएन?’

‘मधेश–थरुहट आन्दोलनको क्रममा दमन गर्नेहरु को को दोषी छन्? यो देशका मन्त्री, प्रधानमन्त्री वा सुरक्षा अधिकारी? यो कुरा जनताले जान्नु प¥यो। सरकारले प्रतिवेदन सार्वजनिक नगरेकोमा हाम्रो गम्भीर आपत्ति छ। सरकारले संसदमा प्रस्तुत गरेन, सार्वजनिक गरेन भने हामी गम्भीर कदम उठाउन बाध्य हुने छौं।’

कर्णको चेतावनी पछि सभामुख कृष्णबहादुर महराले यस विषयमा नेपाल सरकारको विशेष ध्यानाकर्षण गराएका छन्।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.