मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न संसदमा माग

हुलाकी न्यूज काठमाडौं : तेस्रो मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न संसदमा माग गरिएको छ।

पूर्वन्यायाधीश गिरिश चन्द्र लाल नेतृत्वको आयोगले छानविन गरी सरकारलाई बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन।

शुक्रबारकाे प्रतिनिधि सभा बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता महेन्द्र राय यादवले मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्। साथै उनले कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद रेशम चौधरीको रिहाईको मागसमेत गरेका छन्।

यसैगरी नेपाली कांग्रेसका सांसद तेजु लाल चौधरीले पनि रेशम चौधरीको रिहाईको माग गरेका छन्।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.