map_madhesh
जयकृष्ण गोइत

१ नवम्बर १८१४ देखि नेपाल र ब्रिटिश ईष्ट इण्डिया कम्पनी बीच युद्ध भयो । अन्यायको विरुद्ध विद्रोह गर्नु अन्यायमा परेका जनसमुदायको अधिकार भएको सर्वमान्य सिद्धान्त अनुसार पृथ्वी नारायण शाहको शासकदेखि गरेको अन्याय, अत्याचार, शोषण र औपनिवेशिक उत्पीडनका शिकार हाम्रो पधर्खाले नेपाली शासन मुक्त ६तराई६को लागि विद्रोह गरेर आफ्नो शत्रुको शत्रु मित्र हुने मान्यता अनुरुप ब्रिटिशसंग संगै नेपाल विरुद्ध युद्ध लडे ।

वर्तमानमा नेपाल अधीनस्थ मेची नदीदेखि महाकाली नदीसम्मको ‘तराई’ कुनै शाहवंशी राजा, महाराजा वा नेपालीको विजित भू–भाग नभई ब्रिटिश स्वार्थका कारण नेपाललाई हस्तान्तरित भू–भाग हो । ‘तराई’ नेपालको अभिन्न अंग थिएन्, होइन् ।’

१५ मई, १८१५ को पराजित नेपाल कम्पनीसंग सन्धि गर्नको लागि विवश भए । १५ मई, १८१५ को नेपालले आवश्यक अधिकार–पत्रको साथ राजगुरु गजराज मिश्रलाई कम्पनीका प्रतिनिधि मेजर पेरिस ब्राँडशाँसँग सन्धि वार्ता गर्न सुगौली पठाए । प्रतिनिधिहरु बीच केहि महिनासम्म कैयौं पटक संन्धि वात्र्ता भयो । संन्धि वात्र्ता पश्चात गजराजले २८ नवम्बर १८१५का दिन र ब्राँडशाँले २ दिस्म्बर, १८१५ का दिन प्रस्तावित सन्धि–पत्रमा हस्ताक्षर गरिए । पन्ध्र दिनभित्रै नेपालका राजाको स्वकृतिको लागि काठमाण्डौं पठायो । नेपालका राजाको स्वकृति पछि यस उपर बीस दिन भित्रै वा सम्भव भए यस भन्दा पनि शीघ्र नै गभर्नरको स्वीकृत लिइने थिए ।

तर, नेपाल दरवारमा प्रेषित सन्धि–पत्रका शर्त स्वीकार गर्ने कि नगर्ने विषय उपर छलफल हुँदा भारदारहरुमा मतभेद हुन गयो । अधिकांश भारदारहरु पुनः युद्धकै पक्षमा गए । सन् १७९२ को वेत्रावत्र्ती–सन्धिको आधारमा नेपालले युद्धको प्रारम्भमा नै चीनसँग सैनिक सहायता प्राप्त गर्नको लागि पत्र पठाएको थियो । ल्हासा स्थित चीनियाँ अम्बान (राजनीति प्रतिनिधि)द्वारा पत्र बीजिंग पठाएको खबर नेपाल दरवारमा प्राप्त भयो । यस खबरबाट चिनियाँ सैनिक सहायता प्रति आश्वस्त नेपाल दरवार प्रस्तावित सुगौली–संधिको स्वीकृति सन्दर्भमा मौन बसेर भावी युद्धको पूर्व तैयारीमा लाग्यो ।

Jayakrishna-Goitनेपाल दरवारको इरादाको जानकारी पाउनासाथ गभर्नर जनरल लार्ड हेस्टिंग्सले १८१६ को फरवरी को प्रारम्भिक सप्ताहमा ब्रिटिश सेनापति जनरल डेभिड ऑक्टरलोनीको नेतृत्वमा बीस हजार फौज भिच्छाखोरीको बाटो काठमाण्डौं कब्जा गर्न पठाए । फरवरी २७ र २९ का दिन मकवानपुरमा भएको पुनरावर्तित युद्धमा पनि नेपाल पराजित भए ।

नेपाल दरवारले मकवानपुरको युद्धमा विजयी भई हेटौंडामा सैन्य शिविर खडागरि ऑक्टरलोनी काठमाण्डौं हान्ने बढदै आइरहेको समाचार पाउए । नेपाललाई जे–जति हुन्छ बचाउनका लागि प्रस्तावित सुगौली–सन्धि स्वीकार गर्नु नै नेपाल दरवारले श्रेयस्कार ठाने । नेपाल दरवारद्वारा ३ मार्चको दिन स्वीकृतिको लालमोहर सदर ग¥यो । नेपाल दरवारद्वारा प्रस्तावित सन्धि–पत्रमा लालमोहर सदर भएपछि वैधानिक रुपमा तराई नेपाली शासनबाट मुक्त भए ।

चन्द्रशेखर उपाध्यायले नेपाल दरवारद्वारा स्वीकृत सुगौलीको सन्धि–पत्र हेटौंडाको सैनिक छाउनीमा हाजिर भएर ऑक्टरलोनीलाई ४ मार्चको अप्राहान २ः३० बजे बुझाए । ऑक्टरलोनीले पछि नियमानुसार आर्को मानिस नखटिएसम्मको निमित्त आफ्नो छाउनीबाट लेफ्टिनेन्ट व्वाँयलुलाई रेजिडेन्टको हैसियतले काठमाण्डौं पठाए । सन् १८१६को मई तिर कम्पनीका गवर्नर–जनर्लद्वारा मनोनीत भएर एडवर्ड गार्डनर ब्रिटिश रेजिडेन्टको हैसियतले पुगेकाले व्वाँयलु काठमाण्डौंबाट फर्केर आए ।

सन् १८१६ को अगस्तमा चिनियाँ सैनिक अधिकारी नेपालको वस्तुस्थिति अध्ययन गर्न तिब्बतको दिगार्ची पुगे । नेपालले मार्चमा नै सन्धि–पत्रमा आफ्नो स्वीकृतिको लालमोहर लगाई कम्पनीलाई सुम्पि सकेको थियो । फेरि पनि नेपालको पक्ष लिई चीनको उक्त सैन्य प्रतिनिधिले गभर्नर लॉर्ड हेस्टिंग्सलाई काठमाण्डौंमा ब्रिटिश रेजिडेन्ट राखेको विरुद्ध कडा विरोध–पत्र लेखि पठाए ।

कम्पनीले चीनसितको युद्ध टार्न नेपाललाई आफ्नो पक्ष मिलाउने लागे । नेपाललाई चीनको पक्षमा जान नदिनको लागि ८ दिसम्वर १८१६ई. का दिन नेपालका राजाको स्वीकृति र अनुमोदनका लागि स्मरण–पत्र प्रस्तुत ग¥यो । कम्पनीले यस स्मरण–पत्रको कुटिल चालद्वारा पूर्व मेची नदीदेखि पश्चिम राप्ती नदीसम्म तथा वर्तमान नेपाल–भारत सीमादेखि उत्तरका भू–भाग नेपालको राजालाई पुनः हस्तांतरण गरी दिए ।
नेपाली शासनबाट मुक्तिको लागि विद्रोह गरेर १८१४–१६कोे युद्धमा खुलेर साथ दिने हाम्रो पधर्खाको अभिलाषालाई कुल्चेर ब्रिटिशले नेपालको अधीनमा नै बस्नको लागि स्मरण–पत्रद्वारा विवस पारियो ।

स्मरण–पत्रको बूँदा –७ मा उल्लेख गरियो कि तराई नेपालको राजालाई दिएपछि त्यहाँको कुनै निवासीमाथि युद्धको दौरान ब्रिटिशलाई साथ दिएको कारणले कुनै पनि प्रतिशोधात्मक कारवाही चलाउने छैन र यदि किसानहरुको अतिरिक्त तराईवासीहरु मध्येबाट कुनै व्यक्ति सम्पति त्याग गरी कम्पनीको क्षेत्रमा बस्न चाहे भने उसको लागि कुनै अवरोध खडा गरिने छैन । स्मरण–पत्रको बूँदा–७ अनुसार तराईका किसानहरुलाई बस्नै प¥यो र मध्यम किसान धनी किसान, साहु महाजन सम्पति त्याग गरी भिखारी भएर कम्पनीको क्षेत्रमा बस्न चाहे भने उसको लागि कुनै अवरोध खडा गरिने छैन ।

कम्पनीद्वारा प्रस्तुत स्मरण–पत्रको शर्तहरुलाई नेपालका राजाद्वारा स्वीकार गरी ११ दिसम्बर, १८१६ को स्वीकृतिको मुहरबन्द पत्र ब्रिटिश ईष्ट इण्डिया कम्पनीलाई सुम्पि दिए ।

यसरी चीनको भय आक्रान्त ब्रिटिशले तराईवासीहरुको सहमति बिना नै उनीहरुको मातृभूमि तराई पुनः नेपालको राजालाई हस्तांतरण गरी दिए । त्यतिवेला घाम न अस्ताउँने विश्वका शाक्तिशाली ब्रिटिश साम्राज्यको विरुद्ध विद्रोह गर्नु तराईवासीहरुको लागि सम्भव भएन । ब्रिटिशको आदेशानुसार तराईवासीहरुलाई कैदी सरह आँसुको नुनिलो ढिका पिएर नेपाल अधीन नै बस्नुको वाहेक अर्को विकल्प रहेन ।

ब्रिटिशद्वारा तराई हस्तांतरणको यो क्रम अगाडि पनि जारी नै रहियो । कम्पनीले नेपालका राजापछि अवधका नवावलाई तराई हस्तांतरण गरे । लार्ड हेस्टिंग्सले अवधका नवाव गाजाउद्दीन हैदरसँग नेपाल युद्ध(१८१४–१५) को लागि ढाई करोड र पुनरावर्तित युद्ध(१८१६) को लागि एक करोड नगद कर्ज लिएको थियो । त्यसको वापत ले राप्ती नदीदेखि महाकाली नदी सहितको तराई प्रदेश अवधको नवावलाई दियो ।
सन् १८१६ मा तराई सुम्पिएदेखि नै नेपाली शासक प्रशासक तराईवासीलाई युद्ध अपराधी समान व्यवहार गर्न थाले ।

सन् १८६०, नवम्वर १ का दिन ब्रिटिश शासकले भारतीय स्वतंत्रता आंदोलनको दमनमा नेपाल सरकारद्वारा दिएको सहयोगलाई ‘उत्कृष्ट सेवा’ को दर्जा दिदै नेपाल सरकारसँग एक सन्धि ग¥यो । त्यस सन्धि–पत्र मार्फत राप्ती नदीदेखि महाकाली नदीसम्म तथा वर्तमान नेपाल–भारत सीमा चिन्ह देखि उत्तरका तराई भू–भाग नेपाललाई दियो ।

अतः वर्तमानमा नेपाल अधीनस्थ मेची नदीदेखि महाकाली नदीसम्मको ‘तराई’ कुनै शाहवंशी राजा, महाराजा वा नेपालीको विजित भू–भाग नभई ब्रिटिश स्वार्थका कारण नेपाललाई हस्तान्तरित भू–भाग हो । ‘तराई’ नेपालको अभिन्न अंग थिएन्, होइन् ।’

दत्रई सय वर्षपधर्व हाम्रा पधर्खाले नेपाली शासन मुक्त ६तराई६को लागि ब्रिटिशसंग मिलेर नेपाल विरुद्ध युद्ध लडेका थिए । ब्रिटिशको कुटिल चालको कारण तराईवासी नेपाली शासन मुक्त हत्रन सकेन । आज हामी प्रातः स्मर्णीय हाम्रा वीर पधर्खाको सपना साकार पार्न तथा मातृभधमि तराई र तराईका मूल निवासीहरुको स्वतन्त्रताको निम्ति हामी हाम्रै भरमा नेपाल विरुद्ध सशस्त्र मुक्ति युद्ध लडदै छौं । हामीलाई थाह छ कि हाम्रा पधर्खाले देखाएको बाटो लामो हो, कठिन हो, प्रयोग र उकालो–ओरालोले भरिएको हो, तर यी नै एक मात्र विकल्प हो । यी नै तराई मुक्ति मार्ग हो । यी नै इतिहासको बाटो हो ।

लेखक : जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)का अध्यक्ष हुन् ।

24 COMMENTS

  1. jay krishna sir, sunsari , morang ra jhapa chai , pritivi narayan shaha , bhanda aaghi dekhi nai , chuttai state thiyo , kirati haru ko rajya , even separatist Dr. CK Raut agrees with that

  2. JHUTTO

    For nepal war the British had taken loan from the awadh nawab and then when they won the war after a bitter struggle instead of paying back the loan they gave a part of nepal which was adjacent to awadh. From the time of bhimsen thapa they had been saying they wanted that land back and finally when jung bahadur helped them in enormous scale it was returned. jung bahadur wanted more areas taken by British to be given back to nepal but british said these areas are already settled by people so we cannot give. similarly with the bigger chunk of land it was always nepal and I don’t know when the British took it. Indeed, after the war they could have taken it but they did not take it.

    ITIHAAS LE BATAAUCHA TARAI PAHAADE RAAJAHARU KO SAMPATI THIYO. JHUTTO KURA NALEKHAU… NEPALKO BHUBHAAAG JO ANGREZ LE 1816 ma lieko thiyo tyo firtaa diyo.

    FIRTA BHANNE SHABDA PRAYOG HUNU PARYO YAHA.

  3. madhes wa tarai vanera sambodhit mathi ko lekh ma… tatkalin makawanpur rajya la sambodhan garna khojeko dekhin6,,,, mero manyata yeti matra ho,,, tatkalin makawanpur ko na kunai abhilekh lai sambodhan gareko dekhin6,,,, na tatkalin makawanpur lai madhes wa tarai tarai vanera sambodhan garna sakeko dekhin6,,,, ek palta samaya chakra ma pa6adi gayera,,, nepal-angrez yuddha agadi makawanpur kaha bata kaha sama thyo,, kun desh ma parthyo vanera niyalne ki,,,, hareko rajya nepal ma gaviyo,,, baki hareko rajya ni gavinu par6,,,,

  4. sirsak sarthak vayeko malai lagena,,, madhes kasari nepal ma gaviyo vanera vanni ho vane,, prithvi narayan shah le makawanpur kasari jite vanera lekhinu par6,,, natra “madhesh nepal lai kasari firta diyiyo” vanu par6…. madhes ra nepal lai jun tarika le farak astitwa jhalkane sirsak rakhiyeko 6, yesle satya bujhauni bhanda besi bhram paida garne6

  5. kura garne ho bhane ta Bharat desh pani pahila Bharat thiyena… sano sano rajwada haru ma tukriyeko, sano sano raja haru ko adhin ma hune bhumi thiyo… Bharat lai ek desh banaune kaam dherai nai pachhi bhayo… tesartha ta aaj ti sabai raja haru ko santan harule feri pani aafu lai Bharat ko anga na manne ho ki… ra afno rajya ko swatantra ko lagi yudha po ladne ho ki?? Aaj ko Bharat yadi Bharat hun paunchha bhane aaj ko Nepal pani Nepal huna pauna parchha…

  6. Yo ekdam sandarbhik bisaya bhaeno humane every n epali ko gagi adhyan garne bhaeno hunale yo bissema kehi koment chhaeno .Adhikar paunoko lagi kehi gymaunu pani lagchha

  7. मधेश् एक राष्टीय है पहिले से ही अवि नेपाल का ओपनिबेश है अब मधेश् देश आजाद हो नेपाली ओपनिबेश अन्त हो मधेश् देश स्वतन्त्र हो

  8. I don’t know the story …but jai madesh….and equall right should be given to all….leave what was the history of Nepal about madesh…but now it is a part of Nepal….so don’t discriminate it …..

  9. Malai pahile ko historie tha chaina. Ma madhes ma basne nepali ho mero ghar India ko boder bata 5 km cha tara malai nepali huna ma garv cha. I proud to be nepali

  10. Madhes ko gau haru ma Bikash vayo vane Sab le jai nepal vanne chan madhes lai madhes ka Neta haru le lute ko ho. Afno ghar ko guardian nai kharab vayo vane ghar kasari saprincha. Tara ahile ayera uni haru ko bhuddhi khulya rahe cha.

  11. तराइलाई अङ्रेजले नेपाल सँगको युधमा हराएर सुगौली सन्धी गराउनु अघी सम्पूर्ण तराइ नेपाल अन्तर्गत नै थियो । अधिकंस तराइमा हरियो बन थियो । मिथिला सभ्यता लाई दक्षिणका प्रसेन्नजित ले ध्वस्त परेका हुन ,त्यस्तै लुम्बिनिको सभ्यतालाई अजात सत्रुले ध्वस्त परेका हुन ,सिम्रौङ्हड लाई सुल्तान गयासुधिन ले ध्वस्त पारेका हुन ,पछी मिर कासिम ले पनि हमला गरेका हुन । बिभिन्न काल खन्डमा मधेश र हिमाल जोडीएका हुन । नेपालको सिमाना अहिलेको तराइ भन्दा पनि पर सम्म पुगेको थियो । अङ्रेज्ले लिएको भुमी अण्ग्रेज्ले नेपाल लाई वार्षिक २ लाख तिर्न नसकेर फर्काउन वाध्य भएको हो ।
    अर्को कुरा गोइत जी लाई थाहा यो पनि हुनु पर्छकी रणबहादुर शाहले पसुपती दर्शन गर्न आएकी कान्तिमती लाई मन पराएर उनी पट्टिका छोरा गिर्बाण युद्ध बिक्रम शाहलाई राजा बनाएका हुन । यसरी हेर्दा नेपालको राज खलक मा बाउ शाह र आमा मैथिल का सन्तान हरु नै हुन । यसलाई गोइत जी ले बण्ग्याउनु आबस्यक छ र ।

  12. Goit jee annayagareko praman haru ke ke hun ? alik agaadi jaanusta prithivi naarayan saahle ekikaran garnu bhandaa goit sarbhauma raasTra hunuhunthyo.

  13. Purano sabai kura chodau nachahine kurama tauko nadukhau .sabai nepali milera bikas ko path ma lagau yasai ma sabai nepali ko bhallo huncha.

  14. I think we need Nepal as Sri-Lanka and tell me who is gonna die more ? its Madhisesh and they will lose as Tamil lost their battle with the help of India. Samjha kya?

  15. सन् १८१४ मा सुगौली सन्धी हुनुपूर्व नेपालको सिमाना पूर्व मा टिस्टा नदी र पश्चिम मा काङडा थियो, के अब अहिले आएर हामीले यि भुभाग दाबी गर्न मिल्छ ? दाबी त गर्न मिल्ला, तर ति गुमेका भुभाग कदापी मिल्ने वाला छैन ! तेसैले २०० बर्ष पुरानो कुरालाई आधार मानेर अहिले नेपाललाई टुक्रौने (मधेस बाट अलग पार्ने ) कुरा जस्ले गर्छ त्यो १ मिनेट पनि नतग्ने कुरा हो ! भ्रम मा नपरौ र नपारौ..

  16. The madhes is not bihari word .It was khas word.Before Prithivi Narayan Shaha captured it , madhes was ruled by Shen and shahi kings of Pahad. Gokhali lost that after Anglo Gorkhali war .British promised to pay yearly two lakh ruppee to gokhali as compensation to the terai land specially for the eastern one.when the British found that they would not be able to collect two lacks per year , they handed over the eastern madhes to gorkhali against the wish of gotkhali.Gorkhalis were demanding for the money rather than the land.But British forcefully returned eastern terai.The western terai was returned to gorkhali after Jung Bd helped the british .The madhes was not part of bihar or UP that british gave to gorkhali as Gohit mentioned but it was returned to gorkhali the land captured from them only.People like Gohit that is bihari race was settled there by Ranas.The original people of madhes are tharus not bihari race. For detail information read the comment by Naveen Ranneet in the sharing of this atticle.

  17. Mr Gohit who was your king before PNS captured madhes ? You can not answer that because your ancestors were not there at that time. The far eastern terai was under Vijayapur’ s Shen king. Eastern terai was under Makaeanpur” s Shen king.Chitwan and middle terai was under the shen king of Tanahu.Western middle terai under shen king of Palpa.Far western terai was under Shahi thakuri of Doti.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.