हुलाकी न्यूज, काठमाडौं । तेस्रो मधेश आन्दोलनमा नेपाल सरकारद्वारा हत्या गरिएका परिवारहरु सम्मिलित २४ सदस्यीय ‘मधेश आन्दोलन सहिद परिवार संघर्ष समिति गठन’ भएको छ ।

बीरगंजमा तराई मावन अधिकार रक्षक संजालले आयोजना गरेको कार्यक्रममा सहभागी सहिद परिवारहरुले उक्त समिति गठन गरेको हो ।

समितिले शुक्रबार जारी गरेको घोषणा पत्रमा किटानी जाहेरी परेका दोषीहरुलाई कानुनी कारवाहीको मागसमेत गरेको छ ।

दश बुदे घोषणा पत्रमा सहिद परिवारको शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरिएको छ । मधेश आन्दोलनमा हत्या भएका परिवारहरुको उजुरी लिन प्रहरीले आनाकानी गरिरहेकोले उजुरी सहज ढंगले लिन माग गरिएको छ ।

पूर्व न्यायाधीश गिरिश चन्द्र लाल नेतृत्वको छानविन आयोगको प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारवाही गर्न घोषणा पत्रमा माग गरिएको छ ।
सहिद परिवारलाई सरकारद्वारा दिइएको दश लाख रुपैंया खर्चमाथि लगाइएको प्रतिद्धन्ध हटाउन पनि माग गरिएको छ ।

स्थानीय तहमा कर्मचारी नियुक्ती गर्दा सहिद परिवारलाई प्राथमिकतामा राख्न माग गरिएको छ भने स्थानीय निकायबाट सहिद परिवारका असाहायहरुका लागि बजेट छुट्याउन माग गरिएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.