मधेशी समाजद्वारा पीडित यादव परिवारलाई आर्थिक सहयोग

मनोज बनैता, सिरहा, १८ चैत । ब्लड क्यान्सरबाट ज्यान गुमाएका सिरहा जिल्ला सुखिपुर नगरपालिका -१,मोहनपुरका सरोज यादवको परिवारलाई अमेरिका मधेसी समाजले आर्थिक सहयोग बापत रु. एक लाख दश हजार नेपाली रुपैयाँ प्रदान गरेका छन । सुखिपुर नगरपालिकाका मेयर रामअवतार यादवको प्रमूख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय बुद्धिजीवी,समाजसेवी, पत्रकार लगायत सर्वसाधारणको समेत उपस्थिति रहेको थियो ।

आर्थिक अभावकै कारण समयमा उपचार हुन नसकेर गत बुधबार मृत्यु भएका यादवको परिवारलाई आइतवार अमेरिका मधेशी समाजका प्रतिनिधि सरोज यादवले उक्त राशि प्रदान गरेका थिए ।

ब्लड क्यान्सर बाट पीडित बरियारपट्टी गाउँपालिका-५,जिझौल निवासी मधेसी समाजका प्रतिनिधि यादव ले मृतक यादव परिवारलाई सहयोग गरेका हुन । मृतकका एक छोरा,तीन छोरी र श्रीमती को दैनिकी पनि आर्थिक अभावमा बितिरहेको हुनाले यादवका परिवार अन्य संघ-संस्थासँग सहयोगका लागि अपिल गरेका छन ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.