मधेशी युवाहरुद्वारा कतारमा सांसद अरगरियाकाे सम्मान

हुलाकी न्यूज, कतार : कतारमा रहेका मधेशी युवाहरुले संघीय समाजवादी फोरम, नेपालका प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियालाई सम्मान गरेका छन्। शुक्रबार दोहाको एसियन टाउन (ग्रेण्ड मल) मा युवाहरुले मधेशको समस्या सम्बन्धि अन्तरक्रियासमेत गरेकाे चन्द्रबिर कुमार यादवले जानकारी दिए।

अन्तरक्रियामा मधेशी युवाहरुले अभियन्ता राम मनोहर यादवको पुलिस हिरासतमा हत्या गरिएको तथा ४ महिना हुन् लागेपनि सरकारले उनको शव परिवारजनलाई नदिई छानबीन पनि नगरिएकाेमा दुःख प्रकट गरे। उनीहरुले राममनाेहरलाई सहिद घोषण नगरेको र परिवारलाई  क्षतिपूर्ति नदिएको सासंद अरगरियासंग गुनासो पनि राखे।

डा.सीके राउत तथा उनका कार्यकर्ताहरुलाई बिना कारण जेल चलान गरेको र धरौटीको नाममा लाखौं पैसा माग गरेकोप्रति पनि युवाहरुले सासंद अरगरियाकाे ध्यानाकर्षण गराएका थिए।

मधेशमा मानब अधिकार हननका घटना बढ्दै गएकाे प्रति युवाहरुले चासाे व्यक्त गरेका थिए।

अन्तरक्रियामा सहभागी युवाहरुको प्रश्नकाे जवाव दिदै सांसद अरगरियाले  भने, ‘हामीहरुले सबै मधेशी र नेपालीको कल्याणका लागि काम गर्दैछौ र यस्ता मानब अधिकार हननको घटनाप्रति दुःख व्यक्त गर्दछु । लोकतन्त्रमा सबैलाई आफ्नो विचार स्वन्त्रत पुर्वक राख्न पाउने नेपालको संविधानमै व्यवस्था गरिएको छ । नेपालको संबिधानमै स्वन्त्रता पूर्वक संगठन खोल्ने व्यवस्था गरिएको छ।

सांसद अरगरियाले भने ‘म कतार भ्रमण आएको दिनदेखि नै बिभिन्न संघ-संस्थासंग औपचारिक अनौपचारिक रुपमा भेटघाट र समस्याहरु बुझ्ने प्रयास गर्दा सबैभन्दा पीडित मधेशीलाई नै पाएँ। नेपालमा पनि सबैभन्दा पीडित मधेशी र विदेशमा पनि सबैभन्दा पीडित मधेशी समुदाय नै देख्छु।’

कार्यक्रममा सहिदहरुप्रति श्रद्धांजली ब्यक्त गरिएकाे थियाे। कार्यक्रमका बक्ताहरुले मधेशका बिभिन्न मुदामा आ-आफ्नो धारणा राखेका थिए।

कार्यक्रमको आयोजना तथा व्यवस्थापन जितेंद्र कुमार महतो, सरोज प्रसाद शाह, जागतलाल मंडल र दिवाकर कुमार झाले गरेका थिए। अन्तरक्रिया कार्यक्रमकाे अध्यक्षता युवा अभियन्ता शिव कुमार पालले गरेका थिएभने उद्घोषण चन्द्रबिर कुमार यादवले गरेका थिए।

तस्बीरसहित

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.