मधेशी मोर्चा एकताः यसरी बन्दैछ नयाँ पार्टीको संरचना

127


हुलाकी न्यूज, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका दलहरुबीच भएको एकता अनुसार सांगाठनिक संरचना अध्यक्ष मण्डलीय सहित विभिन्न तह निर्माण गरिएको छ ।

राष्ट्रिय जनता पार्टी नाम राखिएको नयाँ पार्टीको सबभन्दा माथिल्लो तह अध्यक्ष मण्डल रहनेछ । जसमा पाँच वटै पार्टीका अध्यक्षहरु रहनेछन् ।

त्यसपछि, उच्च स्तरीय राजनीतिक समिति रहनेछ जसमा सबै अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरु रहनेछन् ।

तेस्रो वरियतामा केन्द्रीय सचिवालय रहनेछ, जसमा सबै महासचिव, सहमहासचिव रहनेछन् ।

त्यसपछि केन्द्रीय कोष विभाग रहनेछ जसमा सबै कोषाध्यक्ष रहनेछन् ।

संसदीय दलका नेता महेन्द्र राय यादव रहनेछन् ।

प्रचारप्रसार विभागमा सबै प्रवक्ता र सहप्रवक्ता रहनेछन् ।

राष्ट्रिय परिषद्मा सबै पार्टीका केन्द्रीय सदस्यहरु, विभाग प्रमुख तथा भातृ संगठनका प्रमुखहरु रहनेछन् ।

यसको अन्तिम टुँगो आजै लाग्नेछ । यता नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आजको घोषणा कार्यक्रममा आफ्नो पार्टी सहभागी नहुने बताएका छन् । मोर्चाका पाँच पार्टीबीच एकीकरण भएको छ ।

SHARE

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here