मधेशी मोर्चामाथि विश्वास गर्ने ६ आधार(प्रमाणसहित)

तेस्रो मधेश आन्दोलनमा मधेशीहरुले निकालेको लाठी जुलुस

मनिष झा

पहिलो मधेश आन्दोलनको मुख्य माग थियो ‘आत्म निर्णयसहितको स्वायक्त मधेश एक प्रदेश’ । यसै नाराले राजावादीबाट एमाले र एमालेबाट माओवादी भएका उपेन्द्र यादवलाई मधेशको मसिहा बनायो । मधेशको नाममा खोलिएको एनजीओ मधेशी जनअधिकार फोरम रातारात पार्टीको रुपमा रुपन्तार भयो ।

उपेन्द्र यादव एउटा एजेण्डामा अडिग रहन नसक्ने र मधेशीप्रति उत्तरदायि हुनुभन्दा बढी व्यक्तिगत महत्वकांक्षी भएको भन्दै मधेशमा तराई मधेश लोकतान्त्रिक पार्टीको गठन भयो । भारतले नेपाली काँग्रेस र राप्रपामा रहेका आफ्ना विश्वास पात्रहरुलाई राखेर सुन्योजित रुपमा तमलोपा गठन गरेको आरोप पनि छ ।

यता स्व.गजेन्द्रनारायण सिंहको उत्तराधिकारी बन्ने दाउमा सद्भावना टुक्रा टुक्रामा विभक्त थियो । आन्दोलनमा उसले पनि मलजल पायो र राजेन्द्र महतो ठूलो नेता भए ।

दोस्रो मधेश आन्दोलन पश्चान सुरु भएको मधेशी नेताहरुको गठजोर अर्थात मधेशी मोर्चाले जहिले पनि नेताहरुको रक्षा गरेको छ मधेशी जनताको होइन । मधेशवादी दललाई सरकारले वा सरकार पक्षीय दलले सोधखोज गर्न छोडे पछि वा सरकारको लागि भागबण्डा चाहिएको बेला मोर्चा सक्रिय हुने गरेको छ ।

अहिलेसम्म मधेशी मोर्चा मधेशको माग बारे प्रष्ट हुन नसक्नु मधेशीका लागि लाजमर्दो कुरा हो । हालसम्म मधेशी मोर्चाले उठाएका माग र गरेका कामको उदाहरण हेरौं ।

उदाहरण १

उपेन्द्र यादव आत्म निर्णयसहितको स्वायक्त मधेश प्रदेशको आन्दोलनबाट नेता भए । उनले मधेशी जनअधिकार फोरम गठन गरी मधेशको भावनालाई साथ गरे ।

परिणाम : उपेन्द्र यादवले आत्म निर्णयको अधिकारको माग छोडे । स्वायक्त मधेश प्रदेश पनि छोडे र एक मधेश एक प्रदेशको माग पनि छोडे । त्यती मात्र होइन मधेशीको भावना जोडिएको मधेशी फोरम भन्ने संगठनबाट मधेशलाई नै फाले । मधेशको भावना जोडिएको फोरमलाई जातीय संगठन बनाए ।

उदाहरण २

महन्थ ठाकुरले ‘सत्ता नही प्रभु सत्ता चाहिए’ जस्ता नारा लगाए । मधेशमा कम्युनिष्ट फाप्दैन भन्दै प्रजातान्त्रिक धार खडा गर्ने आश्वासन दिलाए । स्वच्छ छवीको सन्त नेता भएर आए ।

परिणाम : प्रभु सत्ता त टाँढाको कुरो सत्ता मै जान पार्टी विभाजन गराए । जातीय राजनीतिलाई प्रसय दिए । कम्युनिष्ट फाप्दैन भन्दै आएको तमलोपा कम्युनिष्ट सरकारमा सहभागी भए र अहिले पनि त्यसैलाई समर्थन गर्दैछ । ठाकुरले आफ्नो स्वच्छ छवी पनि जोगाउन सकेन । छोरीको विहेभन्दा अगाडि दाईजो स्वरुप सम्धनीलाई सभासद पद बाँडे र विहे पछि सम्धीलाई पार्टीको पदाधिकारी ।

उदाहरण ३

मधेशको सबभन्दा पुरानो पार्टी र नेपालमा संघीयताको माग गर्ने श्रय बोकेको राजेन्द्र महतोको अवस्था के छ त ? नागरिकता, समावेशीताको आवाज उठाउने पार्टी । संविधानसभा र संसदबाट राजिनामा गरेको पार्टी । केन्द्रीय कार्यालय मधेशमा सारेको पार्टी ।

परिणाम : राजेन्द्र महतोले पार्टी यत्ति टुक्रा गरे कि नेपाली कम्युनिष्ट पार्टीहरुलाई पनि पछाडि छाडे । स्व.गजेन्द्रनारायण सिंहको मुल्यमान्यता भन्दा कोसौं पर लगेर पार्टीलाई प्राईभेट कम्पनी बनाए । श्रीमतिलाई सांसद बनाएर आफ्नो साख नै गिराए । संविधानसभा र संसदबाट राजिनामा दिएको घोषणा गरे तर भोली पल्टै बोली फेरे । संसदबाट तलबभत्ता अहिलेसम्म खाँदैछ ।

ठूलो हल्लीखल्ली मचाउँदै पार्टी केन्द्रीय कार्यालय मधेशमा सारेको राजेन्द्र महतोले रातारात कार्यालय मधेशबाट काठमाडौं सारे । केपी ओलीलाई आन्दोलनमा गाली गर्दै माग पुरा नभएसम्म काठमाडौं नफर्किने भनेका महतो ओलीले चिया खान बोलाएपछि रातारात काठमाडौं झरे । माग पुरा हुनु त परैको कुरा मधेशी आन्दोलनकारीमाथि लागेको मुद्दासमेत फिर्ता भएन ।

उदाहरण ४

पहिलो र दोस्रो मधेश आन्दोलनबाट उठेका अन्य मागहरु मध्ये नेपाली सेनामा दश हजार मधेशीलाई प्रवेश गराउनु एउटा मुख्य माग थियो ।

परिणाम : दश हजार मधेशीलाई नेपाली सेनामा प्रवेश गराउनु त परैको कुरा कपाल काट्न, भाँडा माज्न नेपाली सेनामा प्रवेश गर्ने मधेशीहरुको संख्या झन् घट्दै गएको छ ।

उदाहरण ५

तीनवटै मधेश आन्दोलनमा सहिद भएका परिवारको एक जनालाई रोजगारी, मुद्दा फिर्ता र दोषीलाई कारवाहीको माग मोर्चाले गरेको थियो ।

परिणाम : पहिलो मधेश आन्दोलनका सहिद बीरेन्द्र ठाकुर(धनुषा बीरेन्द्रबजार) को आन्दोलनको क्रममा नेपाल प्रहरीद्धारा हत्या भएपछि उनकी आमा सडकमा भिख मागेर गुजारा गरिन् । हठाकठा देखिने उनकी आमा एक मात्र छोरा मारिएको वियोगमा केही वर्षमित्रै स्वर्गबास भइन् । बीरन्द्र एउटा उदहारण मात्र हुन् । यस्ता करिब डेढ सय सहिद परिवारको अवस्था यस्तै छ । र, मोर्चाका नेताहरुले काठमाडौंमा महलमाथि महल थप्दैछ ।

दोषी सुरक्षा अधिकारीलाई कारवाही गर्ने कुरा परै जाओस् मधेशी मोर्चा सरकारमा हुँदा मधेश आन्दोलनका पहिलो सहिद रमेश महतोका हत्यारालाई राजदुतको सिफारिस गरेका थिए ।

उदाहरण ६

तेस्रो मधेश आन्दोलन एक वर्षसम्म चल्यो । सरकारमा सहभागी नहुने, समानान्तर सरकार चलाउने जस्ता कुरा मोर्चाका नेताहरुले गरे । उपेन्द्र यादवले त सडकबाटै संविधान घोषणा गर्ने भाषण ठोक्दै हिडे । अवस्था यस्तै रहे नेपालबाट मधेश टुक्रिन सक्ने चेतावनी मधेशी मोर्चाका सबै नेताहरुले दिएका थिए । उपेन्द्र यादवले ठूलै मिडियामा मधेश टुक्रिन सक्ने बताए । महन्थ ठाकुरले मधेशलाई अलग हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिए ।

राजेन्द्र महतोले सबभन्दा पहिले भनेका थिए, अव मधेशी जनताको मुड परिर्वतन हुँदैन स्वतन्त्र मधेश माग्दैछ । महेन्द्र यादवले देशको नक्सा परिर्वतन हुन सक्ने बीरगञ्जमा बताए । शरत् सिंह भण्डारीले विभेदबाट विद्रोह र विद्रोहबाट विखण्डन हुने बताउँदै अब विखण्डन हुने चेतावनी दिए ।

परिणाम : समानान्तर सरकार चलाउने धम्की दिएको मोर्चाले आन्दोलन जारी रहँदा सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन मतदान गर्न गए । आन्दोलनताका स्वतन्त्र मधेशको पक्षमा आफुहरु पनि रहेको देखाउने मधेशी मोर्चाका नेताहरु लाहान घटना पछि स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई कारवाही गर्न सरकारलाई दबाब दिए ।

लेखक : नेपाल ल क्याम्पसमा अध्ययनरत हुन् ।

SHARE

9 COMMENTS

  1. the only media, i can trust upon. the way you guys write the reality n work hard is impressive.
    the power of your words is so encouraging.
    dolute to you .
    but be carefull, those in power, with power can do any thing and harm your channel.

  2. मनिष झा Ji Mahantha Thakur, Upendra ra Rajendra Mahato Lai Hami Madesi Janta Harule Kati Sath Die . In total 12 % Mat . Tapai Haru Ko Galat Soch Ra Selfishness Le garda Madesh Pachhari Chhan. Neta harule Galti Gare Hola. Tar Tapai Bhanda Kam. Tapai Kati Din Janta Harulai Afno Adhikar Ko Lagi Awareness Garbu Bhaex. Tapai haru ko Galat lekh le Janta Bigarne Kam Matra Garnu Bhaechha, Tapai 100% UML Rahechha. Am I write.

  3. लेखक मनिष झा ले मधेसी मोर्चाका नेताहरुको राम्रो बिश्लेषण गर्नुभएको रहेछ धन्यबाद लेखक महोदय। यो कुरा मधेसका सर्बसाधाराण जनतालाई पनि बुझाउन जरुरी छ

  4. हेट सबै फटहा कुरा लेखेर मधेसी लाई भडकाउने मात्र लेखे को हो ! अनी केपी ओली ले मधेस मधेस बासी ला कस्तो कस्तो गाली गरे त्यो खोई लेखेको त ? त्यो पनी लेखनू न हौ ऐकै तर्फ किन लेखेको यस्तो लेखाई ले तंपाई पहाडी को बाट अली बढी लाईक र भिसिटोर भढछ होला होईनं त !

  5. satysai ji u r 100 % right……writer le madhesi janta lae vadkaune lekh lekheko xa…..u yemale party ko hunuparxa…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.