मधेशी क्रान्ति फोरमको युवा भातृ संगठन गठन हुँदै


हुलाकी न्यूज,जनकपुरधाम ।
समाजिक संस्थाबाट राजनीतिक दलको रुपमा स्थापित हुन लागेको मधेश क्रान्ति फोरमले आफ्नो भातृ संगठनहरु विस्तार गर्ने भएको छ ।

पहिलो चरणमा युवा क्रान्ति फोरम गठन हुन लागेको छ ।

मधेशी क्रान्ति फोरमका धनुषा जिल्ला संयोजक नविन यादवले दिएको जानकारी अनुसार युवा क्रान्ति फोरमको धनुषा जिल्ला शाखा गठनको तयारी भएको छ ।

युवा क्रान्ति फोरमको धनुषा जिल्ला संयोजकका लागि विभिन्न युवाहरुको नाम अगाडि आएको छ ।

पहिलो चरणमा धनुषामा गठन हुन लागेको युवा क्रान्ति फोरमको संयोजकमा पंकज साहको नाम अगाडि सारिएको छ । साह लामो समयदेखि युवा राजनीतिमा सक्रिय रहँदै आएको छ ।

यसैगरी टाइगर र विक्की झाको नाम पनि अगाडि सारिएको छ । अन्य आधा दर्जन युवाहरु पनि संयोजकका लागि तयारी गरिरहेका छन् ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.