मधेशी कर्मचारीसहितले टेलिकममा धर्ना दिदै

Karmachari-birodh-2
हुलाकी न्यूज, काठमाडौं १९ असार ।
मधेशी कर्मचारीहरुसहित विभिन्न कर्मचारीहरुको छाता संगठन नेपाल टेलिकम कर्मचारी युनियनले आइतबारबाट टेलिकमको केन्द्रीय कार्यालय काठमाडौंमा धर्ना सुरु गरेको छ ।

विभिन्न माग राखी कर्मचारीहरुले आइतबार विहान ११ बजेदेखि १२ बजेसम्म धर्ना दिएको युनियनका अध्यक्ष राजकुमार मेहताले हुलाकी न्यूजलाई बताए ।

कम्पनी ऐनको विरुद्धमा भएको निर्णय खारेज गर्नु पर्ने, ट्रेड युनियनले गरेका सम्झौता कार्यन्वयन हुनु पर्ने जस्ता माग राखी युनियन धर्नामा बसेको मेहताले बताए ।

आन्दोलनको कार्यक्रम अन्तरगत धर्ना २४ गतेसम्म चल्ने छ । त्यसपछि विरोधको स्वरुप परिर्वतन हुने जनाइएको छ ।

Karmachari

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.