मधेशीहरुको बृहत्त धर्ना नयाँ दिल्लीमा सम्पन्न

हुलाकी न्यूज, नयाँदिल्ली: भारतको राजधानी नयाँ दिल्लीस्थित जंतर मंतरमा मधेशीहरुको बृहत्त धर्ना सम्पन्न भएको छ। गैर आवासीय मधेशी संघ (एनआरएमए) भारतको आह्वानमा शांतिपूर्ण धर्ना सम्पन्न भएको हो।

धर्नाको मुख्य उद्देश्य मधेशीमाथि नेपालभित्र भइरहेको विभेद तथा मानव अधिकार उल्लङ्घनको घटनाप्रति मित्र रास्ट्र भारतसहित अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउने थियो।

एनआरएमएको अन्तर्राष्ट्रिय समिति सदस्य सन्तोष बिश्वाशका अनुसार अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउन र मधेशको वर्तमान अवस्था जानकारी गराउन धर्ना राखिएको थियो।

धर्ना कार्यक्रमको सुरुमा नेपाल प्रहरीको हिरासतमा मारिएका सहिद राम मनोहर यादवसहित ज्ञात अज्ञात मधेशी शहीदहरुप्रति श्रद्धांजली दिइएको थियो। धर्नाको अध्यक्षता उमेश प्रसाद रजकले गरेका थिए।

कार्यक्रममा बोल्ने बक्ताहरुले मधेशमा नेपाल सरकारद्वारा भइरहेको चरम मानव अधिकार उल्लंघनका घटनामा ध्यान दिन भारत सरकार तथा अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका थिए।

मधेशबाट दिल्ली आएका आशेश्वर कामती, बिपिन यादव, रंजीत साह, दिपनारायण यादवले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डॉ सीके राउतसंग नेपाल सरकारद्वारा भइरहेको अमानवीय ब्यबहारको बारे जानकारी गराइएको थियो। उनीहरुले मधेशीलाई स्वतन्त्रता पूर्वक बाँच्नका लागि स्वतन्त्र मधेश मात्र विकल्प भएको बताएका थिए।

एनआरएमए अंतर्राष्ट्रीय समितिका प्रवक्ता सुजित कुमार ठाकुरले हुलाकी न्युजसंग कुराकानी गर्दै भने, ‘नेपालमा भारत बिरोधी क्रियाकलाप बढ्दैछ। यसलाई मध्यनजर गर्दै भारतको लागि असल मित्र मधेशी मात्र हुन सक्छ। तसर्थ भारतले मधेशलाई समर्थन गर्नु नै भारतका लागि राम्रो विकल्प हुन सक्छ।’

धर्नापछि भारतको प्रधानमंत्री, बिदेश मंत्री, प्रेस ट्रस्ट ऑफ़ इंडिया र भारतको राजनीतिक दलहरुलाई मधेशको मागपत्रसहित पत्राचार गरिएको छ।

उक्त कार्यक्रमको अवसरमा हुलाकी न्यूजसँग कुराकानी गर्दै एनआरएमए अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बशन्त कुशवाहाले सहभागी सबै मधेशीलाई धन्यबाद दिए। कार्यक्रम सफल बनाउन सहयोग गर्ने भारतका सम्पूर्ण सदस्यहरुको प्रशंसासमेत गरेका छन।

कार्यक्रमलाई सफल बनाउन बिशेष गरी दिल्लीबाट एनआरएमए अंतर्राष्ट्रीय समितिको सदस्य संतोष बिस्वाश, बद्री माझी र चंडीगढ़बाट उमेश रजकको नेतृत्त्वमा ठूलो संख्यामा मधेशीहरु सहभागी भएका थिए। अंतर्राष्ट्रीय समितिका प्रवक्ता सुजित कुमार ठाकुर , सदस्य डॉ लोकेन्द्र यादवको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै एनआरएमएले उनीहरुप्रति धन्यवाद ज्ञापन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.