मधेशीहरुको चौथो अन्तर्राष्ट्रिय धोती–कुर्ता सम्मेलन सम्पन्न

हुलाकी न्यूज संवाददाता 

कतार १० नोभेम्बर २०१८। विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारले चौथो अन्तर्राष्ट्रिय धोती कुर्ता सम्मेलन सम्पन्न भएको जानकारी कतारको अध्यक्ष शम्भू नाथ साहले जानकारी गराउनु भो। दोहास्थित स्वागत रेस्टुरेन्टमा नोभेम्बर ९ तारिख शुक्रवार दिउँसो १:३० बजेदेखि साँझ ७ बजेसम्म धोती–कुर्ता र गम्छा सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।

दशैं, दीपावली, छठ र समाचकेवा पर्वको शुभकामना आदान प्रदान पनि गर्नुभयो।

वैदेशिक रोजगारमा रहेका मधेशीहरुले कतारस्थित दोहामा जम्मा भएर अन्तर्राष्ट्रिय धोती कुर्ता सम्मेलन गरेको हो। यसअघि तिन पटक एनआरएमएले धोती कुर्ता सम्मेलन गरिसकेको छ।

कतारको विभिन्न क्षेत्रमा रहेका मधेशीहरु जम्मा भएर धोती कुर्ता सम्मेलन गरेको एनआरएमएले जानकारी गराउनु भयो को छ। शुक्रबारको दिन उक्त सम्मेलनमा दुइ सय भन्दा बढी मधेशीहरु मधेशी पहिरण धोती,कुर्ता र गमछा मा सजिएर भेला हुनु भा को थियो।

वाशिंगटन, डीसी र न्यूयोर्क शहरमा ग्लोबल युवा नेता सम्मेलन (GYLC) मा कतार बाट पहिलो चोटी मधेसी मूलका आदित्य भगत लाई  2018  को लागि छनोट गरिएको थियो। धोती कुर्ता सम्मेलनमा सरोज प्रसाद शाह,जीतेन्द्र कुमार महतो र राम नंदन गुप्ता द्वारा गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारले युवा नेता अदित्य भगत लाई प्रसंशा पत्र पर्दान गरेका छन।

सम्मेलनमा सहभागी मधेशीहरुले मधेशको विकास तथा सांस्कृतिक पहिचानका विषयमा समेत चर्चा गर्नुभाको थिए।

सम्मेलनमा उपस्थित सदस्य हरुको भनाइ प्रदेशमा पनि मधेशी हरु लाई धोति कुर्ता र गमछा मा हेर्दा खेरि धेरै गर्व महसुस भएको छ। प्रदेशमा पनि समय समय मा मधेसको  सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्ब को आयोजन गर्ने एक मात्र संस्था गैर आवासीय मधेशी संघ (एनआरएमए) रहेको बताये”

दिवाकर कुमार झाले कार्यक्रम  प्रारम्भ गर्नुभयो, उदघोषण चंद्रबिर यादव ले गरे र कार्यक्रम को सुरुबातमा शांति दिप प्रज्वलन गरी गरियो, तत पश्चात राष्ट्रीय गान गाये र सहीदहरु प्रति श्रद्धांजलि तथा १ मिनटको मौन धारण गरेर सहीद मधेस के वीर सहिद प्रती सम्मान गर्नु भयो।

बिभिन्न  संघ संस्था का पदाधिकारीहरु ले मधेशका बिभिन्न मुदामा आआफ्नो बिचार प्रस्तुत गरेर बिच बीचमा थुप्रै गीतसंगीत पनि प्रस्तुत गरियो साथै बालबालिका हरु आफनो हस्तकला पेन्टिङ बनाएर दिखाउनु भयो। गैर अवासीय मधेस संघ के अध्यक्ष शम्भुनाथ साह द्वारा बालबालिका लाई हौसला बढाउनको लागि उपहार पनि प्रदानगर्नु भयो

कार्यक्रमको अवसरमा हुलाकी न्यूजसँग कुराकानी गर्दै (एनआरएमए) अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बशन्त कुशवाहाले गैर आवासीय मधेशी संघ मधेशीको पहिचान र संस्कृति विस्तारमा समेत लागेको बताउनु भयो।उहाँ ले विश्वभरी छरिएर रहेका मधेशीहरुलाई एक सुत्रमा बाँधी मधेशको विकासका लागि एनआरएमएले काम गरिरहेको बताउनु भयो।

तस्बिर सहित

 

 

 

SHARE

1 COMMENT

  1. great work @ उपस्थित सम्पुर्ण महानुभव मधेसी प्रती धन्यवाद दिन चाहन्छु जय सवराज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.