manraja-2
श्यामसुन्दर यादव ‘पथिक’

सप्तरी सदरमुकाम राजविराजदेखि करिब १६ किलोमिटर पश्चिम मानराजा गाविस स्थित वडा नम्वर–७ मा पर्दछ मानराजा गढी ।

जिल्लाको अति पुरानो एवम् ठूलो मानिएको यो करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको छ । जमिनदेखि करिब १० देखि १५ फिटको उचाइमा रहेको यस गढीमा अति पुरानो एवम् सामान्यभन्दा ठूला इ“टहरूका साथै माटाका भा“डावर्तनका टुक्राटुक्रीहरू भेट्टिने गरेका छन् ।

गढीदेखि १० मिटर उत्तरतर्फ करिब दुई विगहा क्षेत्रफलमा फैलिएको ऐतिहासिक पोखरी रहेको छ । सुगा पोखरीको नामबाट परिचित यस पोखरीको पश्चिमी किनारमा १० फिट चौडाइ भएको प्राचीन इनार समेत रहेको छ । खानेपानी आयोजनाद्वारा उक्त इनारको जीर्णोद्धार गरिए पनि हालसम्म प्रयोगविहीन अवस्थामा रहेको छ ।
Shiyamsundar_yadav_rajbiraj
गढीदेखि करिब २०–२५ मिटर पूर्व अति पूरानो ईमली (तेतैर)को रूखमुनि छतविहीन जीर्ण अवस्थाको मन्दिर रहेको छ । पश्चिमतर्फबाट प्रवेशद्वार रहेको यस मन्दिरको दुवैतर्फ आयतकार पत्थरहरूको करिब पा“च फिटको पर्खाल जस्तै ठड्याइएको छ भने ईमलीको रूखको जरानिर कालो पत्थरको टुटफुट भएका मूर्तिहरू स्थापित छन् । स्थानीयवासिन्दाहरूले यसलाई राजाजी थान भनेर पूजा–आजा गर्दैआएका छन् । यद्यपि सप्तरीका इतिहासविद् प्रा. हरिकान्तलाल दासका अनुसार राजाजीको नामले पुजित उक्त स्थानमा स्थापित मूर्ति लक्ष्मीनारायणको भएको भनी किटान गरेका छन् । ( यादव श्यामसुन्दर, सप्तरीक ऐतिहासिक मानराजागढीक परिचय पृष्ठ ५४ र ५५ वाणी मैथिली पत्रिका)

मन्दिरमा प्रतिष्ठापित मूर्तिको पादपीठ भाग टुटफुट अवस्थामा रहेको छ । मुसलमानी आक्रमणका क्रममा यहा“को मूर्ति समेत आक्रमणकारी दलले तोडफोड गरेको हुनसक्छ । राजविराज स्थित राजदेवी मन्दिर र मानराजाको मूर्तिबीच समानता रहेको छ । वि.सं. २०४५ सालमा पुरातत्व विभाग काठमाडौंबाट आएको टोलीले मन्दिरको भित्री भागमा पौराणिक आयतकार इ“टहरू प्रयोग गरिएकोले अर्को कुनै मन्दिरको भग्नावशेष हुन सक्छ । (मानराजा गढी सम्वन्धी प्रतिवेदन वि.सं. २०४५ साल, पुरातत्व विभाग)

manraja-1-765x510

मानराजा गढी स्थलमा अहिले पनि आगोमा पकाइएको माटाको दीप, इ“टा, घैटो, आदि भाडावर्तनका टुक्राटुक्री बगे्रल्ती भेट्टिन्छन् । सप्तरी (सिरहामा सलहेश लोकगाथा अत्यन्तै प्रसिद्ध रहेको छ । उक्त गाथामा तरेगना गढको चर्चा गरिएको छ । सलहेश लोकगाथामा हिरा, रेशमा, दौना र कुशमा नामक मालिनको वर्णन गरिएको छ । तरेगना प्रगन्नाका राजा महेश्वर भण्डारी थिए । राजा सलहेश घोडामा चढेर आफ्नी प्रेमिकास“ग भेट्न तरेगना गढ आउ“थे ।

सलहेश लोकगाथामा यस्तो वर्णन गरिएको छ
दौना मालिन दक्षिणके चीर पहिरलन्हि
नैना काजर कएलन्हि, हाथमे बा“क पहिरलन्हि
कपारमे टिकुली साटि लेलन्हि
चलली स्वामीके उदेश ।
(प्रा. हरिकान्तलाल दास, राजविराज टुडे दैनिक २ वैशाख २०६३ सलहेश फूलवारी सम्वन्धी लेख)

यस विषयमा अर्को प्रसड्ड यस्तो रहेको छ । सिम्रौनगढका राजा हरिसिंहदेवका जेठा छोरा मानसिंहदेव थिए । उनी मानराजा क्षेत्रमा कयौं वर्षसम्म सिम्रौनगढबाट आएर यहा“ बसेका थिए । उनले आफ्नो ईसरा वंशको मूल देवता लक्ष्मीनारायणको मूर्ति स्थापना गरेका थिए । (ईसरा थारू वंशावली चन्द्रकान्त चौधरी, पृष्ठ ११) राजा मानसिंहकै नामबाट मानराजा ठाउ“को नामाङ्करण भएको हो । समग्रमा भन्नुपर्दा यो गढी ऐतिहासिक एवम् प्राचीन रहेको कुरामा दुईमत छैन ।

राजाजी स्थानको रूपमा पूजित लक्ष्मीनारायण मन्दिरको मूर्ति वि.सं. २०४४ सालमा मानराजा गाउँका सत्तराम पौद्दारको सक्रियतामा चोरी भएको थियो । पैसाको लोभमा उक्त मूर्ति चोरी गरी उनले भारतको लौकही हु“दै निर्मली लगेका थिए । मूर्ति चोरी गर्ने पौद्दारको भारतमै बम बनाउने क्रममा मृत्यू भयो । त्यसपछि उक्त क्षेत्रमा हाहाकार मच्चियो । मूर्ति चोरी गराउने कार्यमा सिआइडि गर्ने व्यक्ति समेत गम्भीर रूपमा बिरामी भएपछि चोरिएको उक्त मूर्ति पुनः फिर्ता गरी सोही स्थानमै राखिदिएको स्थानीय बूढापाकाहरूको कथन छ ।

मानराजागढी स्थलमा दुर्गा, सरस्वती र हनुमानको मन्दिर निर्माण गरिएको छ । पातो गाविस वडा नम्वर–१ स्थित पातो ड्योढीको नामबाट परिचित ईसरा थारू वंशका चन्द्रकान्त चौधरीको घरबाट ढोलपीपही सहित पूजाको डाली गएपछि मात्र मानराजामा प्रत्येक वर्ष वैशाख १ गते भव्य पूजा हुने गर्दछ भने वैशाख २ गते गढीमा ठूलो मेला लाग्ने गर्दछ । यसबाहेक एकादशी, शिवरात्री, चतुर्दशी, रामनवमी सहितका विशेष अवसरहरूमा त्यसक्षेत्रका वासिन्दाहरू पूजा–आजा गर्न जाने गर्दछन् । गाउ“मा अनिष्टको सङ्केत देखिएपछि यस स्थलमा समय–समयमा अष्टयाम, यज्ञ, हवन, भजन, कीर्तन सहितका धार्मिक अनुष्ठानहरू आयोजन हुने गर्दछ । यहा“ प्रसादको रूपमा लड्डु, पेडा, खीर आदि चढाईन्छ ।

यहा“ भाकल गरेपछि पूरा हुने जनविश्वास रह“दैआएको छ । चिताएको कुरा पुरा भएपछि यहा“ खसी, बोका, परेवा आदिको बली प्रदान समेत गरिन्छ । यसका साथै चर्मरोग (एैला) निको भएपछि भन्टाको भार चढाइन्छ ।

जिल्लाको विकट ग्रामीण क्षेत्रमा रहेका कारण यो क्षेत्र उपेक्षित रह“दै आएको छ । ग्रामीण पर्यटनको प्रबल सम्भावना बोकेको मानराजा गढी क्षेत्रको उत्खनन्का साथै उचित संरक्षण सम्वद्र्धन गर्नका लागि सम्वन्धित निकायको ध्यान केन्द्रित हुनु आवश्यक छ ।

[email protected]
(लेखक ‘न्यूज टुडे’का सम्पादक एवम् मैथिली साहित्य परिषद् राजविराजका सचिव हुन् )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.