हुलाकी न्यूज, भक्तपुर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशको अधिकारका लागि आन्दोलनको अर्को विकल्प नरहेको बताए छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा महतोले अब अधिकार प्राप्त नभएसम्म जनतालाई दुःख नहुने गरी आन्दोलन गर्ने खाका तयार भइरहेको जानकारी दिए ।
उनले संशोधन बिना स्थानीय तहको निर्वाचन गर्ने कसैको आँट नभएको र भए देशमा अनिष्ट हुने बताए ।
उनले एमाले, कांग्रेस र माओवादीको बेइमानीका कारण संविधान संशोधन हुन नसकेको आरोप लगाए । महतोले सीमांकन नै मधेशी मोर्चाको पहिलो एजेण्डा भएकाले यसलाई थाती राखेर निर्वाचनमा जान नुसकने दोहो¥याए ।
उनले मधेशलाई प्रमुख दलहरुले सामान्य रुपमा लिने गरे पनि मधेश बिनाको देश एक मिनेट पनि चल्न नसक्ने दाबी गरे । आफूहरुले मधेशको अधिकारको लागि आन्दोलनको बाटो रोजेको उनले बताए ।