हुलाकी न्युज, मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले कार्यभार सम्हालेका छन । शनिवार आयोजित सपथ ग्रहण पश्चात उनले आफ्नो कार्यभार सम्हालेका हुन ।
मटिहानीका निर्वाचन अधिकृत शम्भु गौतमले औपचारिक कार्यक्रमको आयोजना गरेपछि नगरप्रमुख,उपप्रमुख,वडा अध्यक्षहरु र सवै सदस्यहरुलाई ओहदाको प्रमाणपत्र दिदै सपथ ग्रहण गराए पश्चात नगरप्रमुख मण्डललाई मटिहानी नगरपालिकाका निमित कार्यकारी अधिकृत तथा कर्मचारीहरुले उनको कार्यकक्षमा लग्दै उनलाई नगरपालिकाको जिम्मेवारी सुम्पेका थिए । उनीसंगै उप प्रमुख शिवो देवी साह ले समेत आफ्नो कार्यकक्षमा पदभार सम्हालेकि छिन ।
कार्यभार सम्हाले लगतै नगरप्रमुख मण्डलले मटिहानीको समर्ग विकास नै आफ्नो एकमात्र लक्ष्य रहेकोले तत्काल मटिहानीवासीको स्वास्थ्य,शिक्षा,रोजगार,सडक र कृषी तथा सिंचाईको लागि कार्य थालिसक्ने बताए । उनले मटिहानी नगरपालिका क्षेत्रमा विद्यमान विभिन्न वेथितीको नियन्त्रणको लागि समेत काम गर्ने बताए ।
नगरप्रमुख मण्डल नेपाल पत्रकार महासंघ महोत्तरीका पुर्व सभापति हुन भने पहिलो संविधान सभाको निर्वाचनमा साँसदको लागि उम्मेदवारी दिईसकेका छन । उनी गाउ गाउ र नगर नगरमा पत्रकार विकासको आधार नारालाई सार्थक पार्न पत्रकारिता सम्बन्धी विशेष तालिमहरु ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
सपथ ग्रहण कार्यक्रममा स्थानिय विकास अधिकारी युवराज पौडेल र जिल्ला निर्वाचन अधिकृत पिंकी रायको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.