हुलाकी न्यूज, भैरहवा । स्थानीय निकायको दोस्रो चरणको निर्वाचन अन्तिम चरणमा रहेको बेला रुपन्देहीको भैरहवामा चुनाव बहिस्कार अभियान सम्पन्न भएको छ । तराई मधेश राष्ट्रिय परिषद्को आयोजनामा भैरहवामा सयौं युवाहरुको सहभागितामा चुनाव बहिस्कार अभियान भएको हो ।

भैरहवास्थित भैरहवा क्याम्पसमा आयोजित ‘मधेशको वर्तमान अवस्था र युवाहरुको भूमिका’ विषयक अन्तरक्रियासँगै संविधान संशोधन विनाको चुनाव बहिस्कार अभियान सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागीहरुले मधेश मुद्दाका विषयमा गहन चर्चा गरेका थिए । अभियानका सदस्य कासिन्द्र यादवका अनुसार सहभागी युवाहरुले मधेशको भविष्यका बारेमा चिन्ता व्यक्त गर्दै नयाँ राजनीतिक अभ्यास आवश्यक रहेको बताएका थिए ।

तराई मधेश राष्ट्रिय अभियानले मधेशका सवालमा विभिन्न बहस एवं छलफल गर्दै आएको छ । संविधान संशोधन विना स्थानीय निकायको निर्वाचन गर्नु अनउपयुक्त रहेको भन्दै अभियानले विरोध गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.