काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई लक्षित गरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांंसद गंगा चौधरीले संसदमा दिएको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरिएको छ ।

शुक्रबार संसद बैठकमा जसपाकी सांसदद्वारा गिरी र अमृता अग्रहरीले संसदमा चौधरीको अभिव्यक्ति आक्रोशित हुँदै कानूनी कारबाही माग गरेका छन् ।

गिरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद गंगा चौधरीले संसदमै घृणा फैलाउने अभिव्यक्ति (हेट स्पिच) दिएको भन्दै कानूनी कारबाही गर्न माग गरेकी छन् ।

सांसद गिरीले शुक्रबार संसदको बैठकमा विशेष समयमा आफ्नो धारणा राख्दै सांसद चौधरीलाई कारबाही गर्न गृह मन्त्रालयलाई ध्यानाकर्षण गराएकी हुन् ।

उनले त्यो अभिव्यक्ति आफूमाथि नभई संसदीय मर्यादामाथिकै आक्रमण भएको जिकिर गरिन ।
सांसद गंगा चौधरीले गत जेठ १९ को संसद बैठकमा सरिता गिरीतर्फ इंगित गर्दै संसदमा भारतीय चेलीको दादागिरी चल्न थालेको वक्तव्य दिएकी थिइन् । जेठ १९ को त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनसमेत गिरीले माग गरेकी छन् ।

चौधरीका पति दाङको राप्ती गाउँपालिकामा चुनाव लड्दा भारु बाँडेको र गाउँलेले समात्दा यो भारु त चीनको तर्फबाट बाँडेको भनेको दाबी गर्दै उनले भनिन्, ‘कुनै ठूलो शक्तिको आड विना कसरी आरोप लगाइयो ? कतै उत्तरी छिमेकी चीनको इशारामा त एक भारतीय चेलीमाथि आरोप लगाइएको होइन ?’

यसैगरी, सांसद अग्रहरीले पनि सांसद चौधरीको सो वक्तव्य रेकर्डबाट हटाउन माग गरिन् । साथै उनले चौधरीलाई माफी माग्नुपर्ने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.