नयाँदिल्ली । भारत सरकारले १७ खर्ब भारतीय रुपैयाँ बराबरको राहत प्याकेज घोषणा गरेको छ ।

भारतीय वित्तमन्त्री निर्मला सिथारमणले बिहीबार लकडाउनबट प्रभावित गरिब, आप्रवासी मजदुर र विपन्न वर्गलाई उक्त राहत प्याकेज घोषणा गरिएको बताइएको हुन् । यस राहत प्याकेजको नाम प्रधानमन्त्री गरिब कल्याण स्किम राखिएको छ ।

अहिलेको कोरोना भाइरसविरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर काम गर्ने नर्सहरु, महामारी र सरसफाई कर्मचारीलाई प्रतिव्यक्ति ५० लाख बराबरको मेडिकल बिमा गरिने वित्तमन्त्री सिथारमणले जानकारी दिइन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार २१ दिनका लागि राष्ट्रिय लकडाउन घोषणा गरेका थिए । उनले अहिलेको महामारीबाट बच्नका लागि सामाजिक दूरी आवश्यक हुनेभन्दै तीन साता लामो लकडाउनको घोषणा गरेका थिए ।

लकडाउनबाट गरिब र दैनिक मजदुरी गरेर पेट पाल्ने वर्ग निकै प्रभावित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.