भारत, २४ चैत । कोरोना भाइरस संक्रमितको संख्या बढेपछि भारतले रेलका डब्बाहरूलाई कोरोना अस्पतालका रूपमा परिणत गर्दैछ ।

भारतले विश्वकै ठूलो रेल सञ्जाल भएको देश हो । लकडाउनसँगै भारतमा १ सय ६७ वर्षमा पहिलोपटक आफ्नो रेलसेवा बन्द गरेको छ ।

यतिबेला इन्डियन रेलवेजले आफ्नो सञ्जालको सबै रेललाई कोरोना अस्पतालका रूपमा प्रयोग गरिने बताएको छ । २० हजार रेलका डिब्बालाई कोरोना अस्पतालका रूपमा प्रयोग गरिने छ ।

ती रेलका डिब्बाहरूलाई आइसोलेसन वार्डका रूपमा प्रयोग गरिनेछ । इन्डियन रेलवेज भारतको चौथों ठूलो रेलसेवा दिने कम्पनी हो । कोरोनाविरुद्धको युद्धमा रेलवेजको यस सहयोगले भारतलाई ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

हालसम्म भारतमा ४ हजार ३ सय १४ कोरोना संक्रमित पुष्टि भएका छन् । त्यहाँ ११८ को मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.