एजेन्सी, २३ चैत । भारतमा कोरोना भाइरस ‘कोभिड १९’ का कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

तीन हजार पाँच सय ८८ जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा भारतमा ३ सय २ जना नयाँ संक्रमित थपिएका छन् ।

विश्वभर १२ लाख ३ हजार २ सय ९२ जना कोरोना संक्रमित भएका छन् ।

हालसम्म विश्वभर ६४ हजार ७ सय ४७ जनाको मृत्यु भइसकेको छ । २ लाख ४६ हजार ७९८ जना भने उपचारपछि स्वस्थ बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.