काठमाडौं, १४ वैशाख । कोरोना भाइरसबाट छिमेकी देश भारतमा अहिलेसम्म ८ सय २५ जनाको ज्यान गएको छ । त्यहाँ २६ हजार ४ सय ९७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै भारतमा पछिल्लो हप्ता दिनयता संक्रमणको प्रकोप उच्च रहेको छ ।

गत १८ अप्रिलमा भारतमा २ हजार १३, १९ मा १ हजार २ सय ५०, २० मा ९२५ २१ मा १ हजार ५४१, २२ मा १ हजार २९०, २३ मा १ हजार ६६९, २४ मा १ हजार ४०८ र २५ मा १ हजार ८३६ जना संक्रमित थपिएका छन् भने १८ अप्रिलमा भारतमा ३५, १९ मा ३८, २० मा ३३, २१ मा ५३, २२ मा ३६, २३ मा ४०, २४ मा ५९ र २५ अप्रिलमा ४५ जनाको मृत्यु भएको छ ।

यसैबीच स्पेनमा अहिलेसम्म २२ हजार ९०२ जनाको ज्यान गएको छ भने २ लाख २३ हजार ७५९ जनालाई संक्रमण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.