भर्खरै जितेपछि खुशी साटासाट गर्दै राजपाका एक जनप्रतिनिधिको निधन

 

हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनअन्तर्गत सप्तरीकी एक जनप्रतिनिधिको सपथ नलिँदै निधन भएको छ ।

स्थानीय तहको निर्वाचनमा विजयी भएकी सप्तरी जिल्लाको हनुमाननगर–कंकालनी नगरपालिका २ बाट विजयी भएकी जसोदेवी खत्बेको विहीबार निधन भएको हो ।

उनको एक्कासी हृदयघात भइ विहीबार बेलुका निधन भएको हो । वडा सदस्यमा निर्वा्चित भएपछि खुशी साट्दै गरेकी जसोदेवीलाई खुशी साटिरहेकै बेला एक्कासी हृदयघात भएको हो ।

उनी राजपाबाट दलित महिला सदस्यमा निर्वा्चित भएकी थिइन् ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.