काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बैशाख २ गते (जुड़शीतल/सिरुवा पर्वको दिन) विहान ७ बजे ७ मिनेटसम्म ताली, थाली, शंख, घंटी, सिटी, ढ़ोल, मादल वा आफूसँग जे छ, त्यो बजाएर ’एकता नाद’ सफल पार्न आग्रह गरेका छन् ।

डा.राउतले सोमबार सामाजिक सञ्जालमार्फत् आह्वान गर्दै भनेका छन्, ‘कोविड–१९ विरुद्ध अग्रपंक्तिमा संघर्षरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, समाजसेवी सबैलाई धन्यवाद पनि ज्ञापन गरौं ।’

‘एकअर्कासँग सुरक्षित भौतिक दूरी राखेर आ–आफ्नो घर, छत र बाल्कोनीबाटै एकता नाद गरौं । जनचेतना फैलाउन आफ्नो समुदायमा लाउडस्पीकर र एफएमबाट पनि उद्घोष गरौं ।’ डा.राउतले अपील गरेका छन् ।

डा.राउतले दिनभरिमा पटक–पटक साबुन पानीेले हाथ धुनुपर्ने, यथासम्भव घर भित्रै बस्नुपर्ने, लकडाउनको पालन गर्नुपर्ने भन्दै ‘बाहिर निस्किनै परे भौतिक दूरी बनाएर मात्रै बसौंरहिंडौं । डाक्टरले सुझाव दिएअनुसार मास्कको प्रयोग गरौं । स्वस्थ खाना खाऔं, शारीरिक अभ्यास गरौं ।’ भनेका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.