बेलायतको संसदमा मधेशको पक्षमा प्रस्ताव दर्ता

580


हुलाकी न्यूज, लण्डन । मधेशीमाथि नेपाल सरकारद्धारा हुँदै आएको ज्यादतीका विरुद्ध बेलायतको संसदमा एक प्रस्ताव दर्ता भएको छ । लेबर पार्टी बेलायतकी सांसद एनन क्लेउडले नेपाल सरकारद्धारा मधेशीहरुमाथि दमन भएको भन्दै नेपाल सरकारलाई दिइदै आएको अनुदानको विषयमा पुर्नविचार गर्न माग गरेकी छन् ।

दोस्रो पटक सांसद भएकी क्लेउडले मधेश आन्दोलनका क्रम मधेशीहरुमाथि अत्याधिक बल प्रयोग भएको र व्यापक रुपमा मावन अधिकार उल्लंघन भएको प्रस्तावमा उल्लेख गरेकी छन् ।

उक्त प्रस्तावमा भनिएको छ :

नेपालको तराई क्षेत्रमा जनताको प्रतिनिधित्व

यो सदन यो कुरामा चिन्तित छ कि स्थानीय निर्वाचनअघि संविधानमा संशोधन नभएमा तराई क्षेत्रको रुपमा परिचित मैदानी दक्षिणी क्षेत्रका अल्पसंख्यक मधेशीहरु सीमान्तकृत भइ नै रहनेछन् ।

मधेशीहरुको जनसंख्या ३३ प्रतिशत रहे पनि उनीहरु सरकारी अवसरहरुमा १२ प्रतिशत स्थानमात्र ओगट्दछन् र यो सदन तराई क्षेत्रमा सुरक्षा अधिकारीहरुद्धारा अत्यधिक बलको प्रयोग गरी भैरहेको मानव अधिकारको उल्लंघनका घटनाहरुका कारण चिन्तित रहेको छ । यस्ता घटनाहरुमा मार्च ६ का दिन सुरक्षाकर्मीहरुद्धारा अत्यधिक बलको प्रयोग पाँचजन मारिएका र कैयौँ अन्य व्यक्ति घाइते भएको घटना पनि सामेल छ ।

यो सन्दर्भमा आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचन २० वर्षमा पहिलोपल्ट हुन गैरहेको हुँदा यसले प्रजातन्त्रको सुदृढीकरणका साथै आगामी शरद ऋतुमा प्रान्तीय तथा राष्ट्रिय निर्वाचनको मार्ग प्रशस्त गर्ने आशा गर्न सकिन्छ भन्ने कुरा यो सदन उल्लेख गर्दै नेपाल सरकारलाई हत्याका घटनाहरुको छानविन गर्न अनुरोध गर्दछ र दोषीलाई न्यायको कठघरामा उभ्याउन अनुरोध गर्दछ र समान प्रतिनिधित्वको प्रत्याभूतिका लागि संविधानको संशोधन गर्न पनि जोड दिन्छ ।

यो सदन राजनीतिक कार्यकर्ता तथा प्रदर्शनकारीहरुलाई आफ्ना गतिविधिलाई शान्तिपूर्वक संचालन गर्न पनि आग्रह गर्दछ । यो सदन संयुक्त अधिराज्य सरकारलाई पनि नेपालको सुरक्षा अंगलाई दिइने कुनै पनि सहयोग राशी त्यसरी दिनुअघि उनीहरुको कार्य अन्तर्राष्ट्रिय मानव अधिकारको मापदण्डअनुकुल भए नभएको कुरालाई ध्यानपूर्वक विश्लेषण गर्न पनि जोड दिन्छ ।

उक्त EDM को दर्ता नम्बर ११६५ रहेको छ. हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला :
https://www.publications.parliament.uk/…/cmedm/170420e01.htm

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here