हुलाकी न्यूज, रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आवको तीन महिनामा नियम विपरीत सवारीसाधन चलाउनेलाई कारबाही गरी रु २० लाख राजश्व संकलन गरेको छ ।

तीन हजार ४०४ सवारीचालकलाई कारबाही गरेर सो रकम असुल गरिएको हो । गत साउन महिनामा एक हजार २३५ सवारीचालकलाई कारबाही गरी रु सात लाख ८३ हजार, भदौमा ६०५ सवारीचालकलाई कारबाही गरी रु चार लाख १४ हजार तथा असोजमा एक हजार २६४ सवारीचालकलाई कारबाही गरी रु आठ लाख १२ हजार राजश्व संकलन भएको प्रहरी निरीक्षक राममणि उप्रेतीले जानकारी दिनुभयो ।

तीन महिनाको अवधिमा जिल्लामा १३ वटा सवारी दुुर्घटनामा परेर पाँच जनाको मृत्युु भएको थियो भने २२ जना घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.