बारा–पर्साका मृतकप्रति एनआरएमएको श्रद्धाञ्जली

हुलाकी न्यूज, भारत (देहरादुन) : विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) ले बारा र पर्सामा हावाहुरीबाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। एनआरएमएले भारतको देहरादुनमा श्रद्धाञ्जली सभा गरी शोक व्यक्त गरेको हो।

एनआरएमएका संतोष विश्वासका अनुसार आइतबार देहरादुनमा श्रद्धाञ्जली सभा गरिएको थियो।

भारतको एरिया कमिटी देहरादुनका विद्यार्थीहरू श्रद्धाञ्जली सभामा उपस्थित भएका थिए। मुकेश प्रसाद साह, अभय यादब, दिपेश शाह, मन्मोहन चौहान, रुपेश यादव, रेमबो चौधरी र बिकास साहलगायतको सहयोगमा सभाको आयोजना भएको एनआरएमएले जनाएको छ।

बारा र पर्सा हावाहुरीबाट प्रभावितहरुका लागि गैर आवासीय मधेशी संघले स्वास्थ्य शिविर तथा राहत वितरण गर्दै आएको छ।

एनआरएमएको सहयोगमा हुलाकी हेल्प सेन्टरले बाराको विभिन्न स्थानमा स्वास्थ्य शिविर गरेको छ भने नवजात शिशुका लागि विशेष कार्यक्रम सञ्चालनको तयारी गरेको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.