बाराको प्रभावित क्षेत्रमा मधेश मानव अधिकारको स्वास्थ्य शिविर

हुलाकी न्यूज, बीरगंज : हावाहुरीबाट प्रभावित बारा जिल्लामा मधेश मानव अधिकार (मधुर)को सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

हुलाकी हेल्प सेन्टरमार्फत बाराको पुरैनिया तथा आसपासका क्षेत्रमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा करिब ३ सय ४० जनाभन्दा बढीले उपचार तथा औषधि पाएका छन्।

पुरैनियामा आयोजित स्वास्थ्य शिविरमा प्रभावित महिला तथा बालबालिकाहरुको उल्लेखिय उपस्थिति रहेको शिविरमा सहभागी डा.आलोक यादवले जानकारी दिए।

त्यसैगरी, पुरैनिया आसपासको प्रभावित क्षेत्रमा घुम्ती शिविरको आयोजनासमेत गरिएको थियो। हावाहुरीबाट प्रभावितहरु मध्ये पहिलो चरणका उपचार गराएपनि नियमती औषधि पाउन नसकेकाहरुलाई औषधि वितरण गरिएको थियो।

मधेशको मानव अधिकारको क्षेत्रमा सक्रिय मधेश मानव अधिकार (मधुर)को केन्द्रीय कार्यालय अमेरिकामा रहेको छ। मधेशको विपद् तथा अन्य कार्यमा समेत मधुर सक्रिय रहँदै आएको हो।


SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.