बाराको प्रभावित क्षेत्रमा संस्कृति र एनटाद्वारा राहत

हुलाकी न्यूज, वीरगंजः हावाहुरीबाट प्रभावित बारा जिल्लाको तेलगाइमा संस्कृति टीमले राहत वितरण गरेको छ।

सृजनशील युवाहरुको संस्था संस्कृतिको आयोजना र एशोशिएन अफ तराईयन इन अस्ट्रेलिया (एनटा अस्ट्रेलिया)को सहयोगमा राहत वितरण गरिएको हो।

संस्कृतिकी अध्यक्ष शैली चौधरीको नेतृत्वमा खटिरहेको टोलीले बुधबार महागढिमाई गाउँपालिकाको तेलगाईमा राहत वितरण गर्नुका साथै स्वास्थ्य सिविर संचालन गरेको छ।

एनटा अस्ट्रेलिया, ओक्टेभ क्लब काठमाडौँ, हेल्पिङ्ग ह्याण्ड्स नेपाल, विघ्नहर्ता नेपाललगयात विभिन्न दातृ संघ संस्था तथा व्यक्तिहरुको सहयोगबाट संस्न्कृतिले बुधबार तेलगाईमा १ लाख ५० हजारभन्दा पनि बढिको राहत वितरण गरेको छ।

संस्कृतिले तेलगाईमा आंधीहुरीबाट घर गुमाएका व्यक्तिहरुलाई त्रिपाल, सुत्ने म्याट, लामुखुट्टे धपाउने झुल, ओढ्ने ब्ल्याङ्केट, बाल्टिन, मग, सेण्टरि प्याड, खाद्यन्न् सामाग्रीलगयातको सहयोग उपलब्ध गराएको संस्कृतिका उपाध्यक्ष आँशु सर्राफले बताए ।

सर्राफले संस्कृतिले राहत वितरण गर्नुका साथ् नेसनल मेडिकल कलेजका डाक्टरहरुको सहयोगमा स्वास्थ्य सिविर समेत संचालन गरेको जानकारी गराए। ुसंस्कृतिले एनटा अस्ट्रेलियाको मुख्य आर्थिक सहयोग र अन्य थुप्रै दातृ संघ संस्था तथा व्यक्तिहरुको सहयोगबाट शोमबार देखिनै बाराका प्रभावित क्षेत्रहरुमा पुगी राहत वितरण गरिरहेको छ, उनले भने, ुराहत वितरण संग(संगै हामीले स्वास्थ्य सिविर संचालन, अस्थायी टहरा तथा सौचालय निर्माणलगयातका कार्यहरु पनि गरिरहेका छौं।ु

संस्कृतिले आंधीहुरीबाट प्रभावित बाराका विभिन्न गाउँहरुमा पुगी स्थानीयहरु संग सामान्य गर्दै राहत वितरण गरिरहेको अध्यक्ष चौधरीले जानकारी गराइन । उनले संस्कृतिले राहत वितरणको काम अझै केहि दिन सम्म संचालन गर्ने बताएकी छन् ।

संस्कृतिले बुधबार सम्म २ लाख ५० हजार भन्दा बढिको राहत वितरण गरिसकेको संस्थाका कोषाध्यक्ष विनित डाल्मियाले बताए । राहत वितरण कार्यक्रममा संस्कृतिकी अल्का कलवार, विवेक बरनावाल, विघ्नहर्ता नेपालका गोमेश उप्रेती, नेसनल मेडिकल कलेजका महेन्द्र पाण्डेलगयातले स्वयंसेवकका रुपमा सहयोग गरेका थिए ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.