बाढीपीडित क्षेत्रमा राहत तथा उद्धार कार्यमा जुटन डा सीके राउतको आह्वान (प्रेस विज्ञप्ति सहित )

 

हुलाकी न्यूज,जनकपुरधाम:- डा सीके राउत नेतृत्वका जनमत पार्टीले बाढी पीडितहरुको राहत तथा उद्वारमा जुटन आफ्नो भात्री संगठन तथा स्वमसेवकलाई आह्वान गरेको छ।

जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आज विज्ञप्ति जारी गर्दै सो आह्वान गरेको हुन।केही देखदेख देशभरि विभिन्न जिल्लाहरूमा निरन्तर वर्षाको कारणले गइराखेको बाढ़ीपहिरोमा परी मृत्यु हुनेहरू प्रति श्रद्धाञ्जली दिँदै मृतकको परिवारजनसंग पर्कट गरेको छ।

बाढ़ीपहिरोले पुर्‍याइरहेको जनधनको क्षति प्रति दुस्ख व्यक्त गर्दै । डा राउतले विपद्को यस घड़ीमा धैर्य धारण गरी आफू सुरक्षित रहन र अरुको सहयोग गर्न सम्पूर्ण जनतासँग अपील गरेको छ।

यस घड़ीमा जनमत पार्टीका भातृ संगठनका समस्त युवा तथा स्वयंसेवकहरूलाई बाढ़ी पीडित क्षेत्रमा पुगी उद्धार तथा राहतका कार्यमा सुरक्षित तरीकाले संलग्न भई नेत्तृत्व प्रदान र सेवा दिन समेत निर्देश दिएको छ।

त्यसैगती संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार लगायत अन्य राजनैतिक दल, नागरिक समाज, गैर(सरकारी संघ(संस्थाहरू, युवा क्लबहरू, दातृ संघ(संस्था तथा व्यक्तिहरूसँग पनि राहत तथा उद्धार कार्यमा पीडितसम्म छिटो सेवा पुर्‍याउन आवश्यक समन्वय गर्नका लागि आग्रह समेत गरेको छ।

प्रेस विज्ञप्ति सहित

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.