हुलाकी न्युज, कञ्चनपुर | कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूली कटानका बहुलाहा कुकुरले टोकेको गाईको दूध खानेहरु मंगलबार महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुगेका छन् ।

स्थानीय दिवान धामीको गाई बहुलाहा कुकुरले टोकेको दोस्रो दिन मरेपछि दूध खानेहरु अस्पतालमा उपचारका लागि पुगेका हुन् । बहुलाहा कुकुरले टोकेपछि गाईको दूध १० जनाले खाएका थिए ।

गाई मरेपछि मात्रै धामीले बहुलाहा कुकुरले गाईलाई टोेकेको थाहा पाएको गाउँपालिका–५ का सदस्य भीमसेन रानाले बताए ।
गाईलाई बहुलाहा कुकुरले टोकेको थाहा पाएपछि दूध खानेहरु केही मंगलबार उपचारका लागि अस्पताल पुगेका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.