हुलाकी न्यूज, काठमाडौं– जनता समाजवादी पार्टी(जसपा)का सांसद एवं जानकी हेल्थ केयरका सञ्चालक डा.सुरेन्द्र यादवको अपहरण सम्बन्धी किटानी जाहेरी सरकारी वकिलको कार्यालयमा दर्ता भएको छ।

जसपाकाका महासचिव केशव झाका अनुसार विभिन्न पक्षको दबाब पछि सरकारी वकिलको कार्यालय, काठमाडौंले सोमबार जाहेरी दर्ता गरेको हो। यसअघि सरकारी वकिलको कार्यालयले पनि पटक पटक जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो।

जोहरी दर्ता गराउन पुगेका अधिवक्ता विरेन्द्र ठाकुरका अनुसार जाहेरीको दर्ता नम्बर १०४७ रहेको छ।

यसअघि काठमाडौं प्रहरीले किटानी जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि जसपाका नेताहरु सरकारी वकिलको कार्यालय पुगेको थिए र त्यहाँ पनि जाहेरी दर्ता हुनसकेको थिएन।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले सांसद यादवको अपहरण गरेको आरोप जसपाले लगाएको छ।

तत्कालिन समाजवादी पार्टी फुटाउन डा.यादवको अपहरण गरिएको भनिएको छ।

सरकारी वकिलको कार्यालयले किटानी जाहेरी दर्ता गरेपछि छानवीनका लागि प्रहरीलाई निर्देशन दिनेछ। त्यसपछि मुद्दा अदालती प्रक्रियामा जानेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.