हुलाकी न्यूज, काठमाण्डौं ।
शनिबार काठमाडौंको माइतीघर मण्डलामा बर्मामा रोहिंग्या समुदाय विरुद्धमा भइरहेको राज्य आतंक र बर्बरता बन्द गर्न तराई मधेस राष्ट्रिय परिषदद्वारा एक्यबद्धता सभाको आयोजना गरिएको थियो । साथै त्यहाँका मानव अधिकारको बहालीको मांग पनि गरियो ।

सभामा जात, धर्म, सत्ता, राजनीतिभन्दा माथि मानवताको पक्षमा अरु केहि नरहेको तथा देश निकालामा परेका रोहिंग्या समूदायका पक्षमा रहि मण्डलामा विभिन्न पेसा तथा समुदायका सम्मानित व्यक्तिहरुको ठुलो संख्यामा उपस्थितिका साथ एक्यबद्धता जनाइएको थियो ।

सो कार्यक्रममा परिषदको स्वम सेवक सदस्य कासिन्द्र यादबले, ‘अहिलेको संसार अल्पसंख्यक, कमजोर र गरिबहरुको लागि धेरै नै असुरक्षित र जोखिमपूर्ण रहेको बताए ।’ यादबले, ‘मानव र मानवता दुवै जोखिममा रहेको अवस्थामा संसारको कुनै पनि भूभागमा अल्पसंख्यक र कमजोरहरु प्रति हुने अन्याय र अत्याचारको विरुद्धमा उभिनु कर्तव्य र मानवीय सरोकार विषय भएको बताए ।’

नेपालका बरिष्ट राजनीति विश्लेषक सीके लालले, ‘रोहिंग्या समुदायले भोगिरहेको मानवीय त्रासदी सभ्य संसारको अनुहारमा कालो दाग भएको र अविलम्ब विश्व समुदायले उनीहरु माथि भईरहेको अत्याचारलाई रोक्न पहलकदमी लिनु पर्ने बताए ।’

सभामा परिषदका सदस्य सरोज राय, संचारकर्मी अमरेन्द्र कुमार यादब, बुद्धिजीवी रामरिझन यादब, सिताराम अग्रहरी, तुला नारायण साह, अधिकार कर्मी दिपेन्द्र झा, मुस्लिम महिला अधिकारकर्मी सिमा खान, महिला अधिकार कर्मी रिता साह, संचारकर्मी नरेश ज्ञवाली, अधिकार कर्मी तथा अन्य बुद्धिजीवीकोहरु उपस्थिति रहेको थियो ।

परिषदका सदस्य सरोज रायले रोहिंग्या समस्या भु–राजनीति र अर्थराजनीति आयाम माथि प्रकाश पर्दै सबै उपस्थित महानुभावलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई समापन गरे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.