हुलाकी न्यूज, काठमाडौं : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपाल विभाजन भई नयाँ दल दर्ताका लागि निवेदन दिइएको एक सांसदले जनाएका छन्।

उपाध्यक्ष रेणु यादवको नेतृत्वमा पार्टी विभाजन भई नयाँ दल दर्ताका लागि बुधबार राति नै निर्वाचन आयोगमा इमेल गरिएको हो। पार्टीको वरिष्ठ नेतामा पूर्वमन्त्री इस्तियाक राई रहेकाे उक्त सांसदले जनाए।

उनका अनुसार बुधबार राति नै सभामुखलाई पनि जानकारी गराइएको छ।

दिउँसो नै सबै प्रक्रिया पुरा गर्ने तयारी भएपनि सांसद विमल श्रीवास्तव दोधारमा पर्दा निर्णय पठाउन ढिलाई भएको थियो।

बुधबार दिनभरी भएको छलफलबाट पार्टीको नाम र सरकारमा सहभागी हुँदा मन्त्री कसलाई बनाउने विषयमा पनि छलफल भएको छ।

नयाँ दलको नाम ‘राष्ट्रिय समाजवादी पार्टी’ लगायतकाे प्रस्ताव गरी आयोगमा पठाइएको स्रोतले जनाएको छ।

यसैगरी, समाजवादीबाट गएकालाई एउटा मन्त्री र एउटा राज्यमन्त्री दिने जनाइएको छ। पर्साका सांसद प्रदिप यादवलाई मन्त्री बनाउने सहमति पनि भएको स्रोतको दाबी छ।

यसैगरी, उपसभामुख पनि नयाँ पार्टीलाई दिन नेकपा तयार रहेको छ।

तर, राजपाबाट फुटेर आउनेहरुसँग छलफल गरी उपसभामुखको टुँगो लाग्ने जनाइएको छ।

स्रोतका अनुसार राजपाबाट विभाजन भई जानेहरुलाई पनि एउटा मन्त्री र एउटा राज्यमन्त्री दिने आश्वासन दिइएको छ।

यसैसँगै, प्रदेश २ को सरकार पनि फेरबदल हुने सम्भावना बढेको छ।

यता बुधबार नै राजपा र समाजवादीबीच एकीकरण घोषणा भएको छ। एकीकरण घोषणा भएपनि निर्वाचन आयोगबाट मान्यता प्राप्त भएको छैन। कुनै पनि पार्टीले केन्द्रीय समितिबाट पनि निर्णय गराउन सकेको छैन।

समाजवादी पार्टी विभाजनका विषयमा सांसद इस्तियाक राइले बाेल्न चाहेनन्। उनले अहिलेसम्म आफूहरु पार्टीप्रति वफादार रहेको प्रतिक्रिया दिए।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.