हुलाकी न्युज, सिरहा | सिरहाको लहान नगरपालिका वडा नं १५ स्थित बानो फुटवल क्लबद्वारा दशैँ र तिहारको उपलक्ष्यमा सञ्चालित फुटबल खेलमा गोलबजार स्पोर्ट क्लब विजयी भएको छ ।

आठवटा फुटबल टिम सहभागी भएको उक्त खेलको विजेता गोलबजार स्पोर्ट क्लबलाई सिरहा क्षेत्र नं १ सभासद् तथा पूर्वमन्त्री पद्मनारायण चौधरीले नगद रु २५ हजार, सिल्ड र प्रमाणपत्र र दोस्रो हुने डाइनामाइट फुटबल क्लबलाई नगद रु १५ हजार र प्रमाणपत्र प्रदान गरेका छन् |

सोही अवसरमा प्रथम हुने महिला टिम लहान–१, सिंराहीलाई नगद रु पाँच हजार र प्रमाणपत्र, दोस्रो हुने महिला टिम गर्मेलाई रु तीनहजार पुरस्कार वितरण गरेको छ ।

पुरस्कार वितरण कार्यक्रममा लहान नपा–१५ का वडा अध्यक्ष तेजनारायण चौधरी, जिल्ला खेलकुद परिषदका अध्यक्ष सचितानन्द चौधरीलगायत विभिन्न दलका प्रतिनिधिको सहभागिता थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.