प्रहरी दमन विरुद्ध राजपाद्धारा मानव अधिकार आयोगको ध्यानाकर्षण

916

हुलाकी न्यूज, काठमाडौं । मधेशमा जारी आन्दोलनमा सुरक्षा निकायबाट भएको दमनका विरुद्ध राष्ट्रिय जनता पार्टी नेपालले मानव अधिकार आयोगको ध्यानाकषर्ण गराएको छ ।

राजपाका नेताहरुले मानव अधिकार आयोगकाका पदाधिकारीहरुलाई भेटी राज्यबाट भएको दमनका बारे जानकारी गराएका थिए । आन्दोलनकारीमाथि सुरक्षा निकायबाट दमन भइरहँदा मानव अधिकार आयोग मौन रहेको भन्दै राजपाका नेताहरुले आयोगका पदाधिकारीहरुको आलोचना गरेको थियो ।

जारी आन्दोलनमा पक्राउ परेका र घाइते भएकाहरुको विवरणसहितको ध्यानाकषर्ण पत्र आयोगलाई बुझाइएको राजपाका महासचिव केशव झाले हुलाकी न्यूजलाई बताए ।

राजपाका नेताहरुलाई आयोगले आस्वासन दिदै आफुहरुले आन्दोलनको निगरानी गरिरहेको बताएका थिए ।

राजपाका तर्फबाट नेताहरु, शरत्सिंह भण्डारी, महेन्द्र यादव, चन्दा चौधरी, देवेन्द्र यादवलगायतका नेताहरु हरिहर भवनस्थित आयोगको कार्यलय पुगेका थिए ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here