हुलाकी न्युज, सिरहा | पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा सोमबार साँझ प्रहरीको गाडी र मालवाहक ट्रक ठोक्ँकिदा ९ प्रहरीसहित ३ जना थुनुवा घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय लहानले सिरहा जिल्ला अदालतबाट कैदीको म्याद थप गरेर फर्किने क्रममा सिरहाको गोलबजारमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ क ११४४ नंको मिनीट्रक र विपरीत दिशाबाट आइरहेको बा १ ग २२१२ नंको ट्रक ठोक्ँकिदा ट्रकमा रहेका नौ प्रहरी र तीन थुनुवा घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते प्रहरीमध्ये पाँच जनालाई थप उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिएका छन् ।
दुर्घटनामा प्रहरी सहायक निरीक्षक धनराज खतिवडा, प्रहरी हवलदार महेन्द्र खत्वे र शम्भु कार्की, प्रहरी जवान सन्तोष न्यौपाने, प्रमोदकुमार चौधरी, भगवानलाल माझी, अनुपनारायण झा घाइते भएका छन् । यसैगरी दुर्घटनामा घाइते थुनुवाहरु  प्रेमकुमार यादव, राकेशकुमार यादव, विकास भट्टराई र ट्रक सह–चालक राजेश चौधरीसमेत घाइते भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.