जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि २५ करोडको कोष स्थापना गर्ने निर्णय गरेको छ ।

यस कोषमा मन्त्रीहरूले एक–एक महिनाको तलब दिने छन् । यसका साथै अन्य व्यक्तिहरूले पनि यो कोषमा रकम जम्मा गर्न पाउने छन् । बिहीबार जनकपुरधाममा बसेको प्रदेश २ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्तासमेत रहेका मन्त्री ज्ञानेन्द्रकुमार यादवले यस्तो जानकारी दिनुभएको हो ।

त्यस्तै, मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा सबै मन्त्री रहने गरी उच्चस्तरीय समिति गठन गरिएको छ । महामारी नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गर्न निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी विशेष कार्यकारी समिति समेत गठन भएको छ ।

कार्यकारी समितिलाई आजैको बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गर्न निर्देशनसमेत दिएको छ । कार्यकारी समितिले महामारी नियन्त्रणका लागि चाहिने आवश्यक सामग्रीहरूको खरिद विशेष परिस्थितिका लागी व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छन् ।

प्रदेश सरकारले जनकपुरधाम, वीरगञ्ज र राजविराजमा कोरोना भाइरसको जाँचका लागि प्रयोगशाला बनाउने निर्णय पनि गरेको छ । यसका साथै प्रदेशका विपन्न जनताका घरघरमा खाद्यन्न पु¥याउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

यसका लागि स्थानीय तहहरूसँग समन्वय गरिनेछ । मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका मन्त्रीहरूले कोरोना भाइरसको जोखिमप्रति सतर्कता अपनाउँदै दूरी कायम गरी बसेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.