जनकपुरधाम, २६ चैत । कोरोना महामारीविरुद्धको लडाईंमा सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबी बैंकले प्रदेश सरकारलाई एक सय थान पिपिई हस्तान्तरण गरेको छ ।

सबै भन्दा बढी आवश्यकता रहेको पीपीई एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेशकुमार झा सहितको टोलीले बुधबार मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको हो ।

एनएमबी बैंकले उपलब्ध गराएको सामग्रीहरूमा पीपिईका साथै जुत्ता, मास्क, सेनिटाइजर पनि छन् ।

त्यसक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, स्वास्थ्य सल्लाहकार समूहका डा. रामकेवल साह सहितको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.