जनकपुरधाम, २० चैत । प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा माछापुच्छे बैंकले पाँच लाख सहयोग गरेको छ ।

बैंकका जनकपुरधामस्थिति प्रतिनिधिले बुधबार मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् ।

यसअघि कोषमा, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंकगायतका संघसंस्थाले रकम सहयोग गरिसकेका छन् । प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता सञ्चालनमा ल्याई सहयोग गर्न अपिलसमेत गरेको छ ।

कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.