जनकपुरधाम, ७ वैशाख । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश २ सरकारले स्थापना गरेको राहत कोषमा महालक्ष्मी बैंकले सहयोग गरेको छ ।

महालक्ष्मी बैंकले प्रदेश राहत कोषमा चार लाखको सहयोग गरेको हो । बैंकका जनकपुरस्थित प्रतिनिधिहरूले आइतबार मुख्यमन्त्री लालबाबु राउतलाई चार लाखको चेक हस्तान्तरण गरेका हुन् ।

प्रदेश राहत कोषमा प्रदेशमा शाखा संचालन गर्दै आएका प्रायः बैंकहरूले सहयोग गरेका छन् भने केही सामाजिक संस्था र उद्योगपतिहरूले समेत सहयोग गरेका छन् ।

राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गरिने प्रदेश सरकारले घोषणा गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.