जनकपुरधाम, ९ वैशाख । प्रदेश नम्बर २ मा कोरोना संक्रमणको आशंकामा मंगलबारसम्म ६ सय ९ जनाको स्वाब परीक्षण गरिएको छ ।

सामाजिक विकास मन्त्रालयले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव रामप्रसाद घिमिरले ६ सय ९ जनाको स्वाब आरटी–पीसीआर मेसिनबाट परीक्षण गरिएको जानकारी दिएका हुन् ।

जसमध्ये ५ सय ९० निगेटिभ, चार पोजेटिभ र १५ वटा स्वाबको नतिजा आउन बाँकी छ । प्रदेश २ बाट संकलित स्वाब काठमाडौं, जनकपुरधाम, हेटौडा र धरानमा परीक्षण हुँदै आएको छ ।

त्यस्तै, यस प्रदेशमा हालसम्म आरडीटी विधिबाट तीन हजार चार सय ४७ जनाको नमूना परीक्षण गरिएको छ । जसमध्ये ७ वटा पोजेटिभ र तीन हजार चार सय ४० निगेटिभ देखिएका थिए ।

पोजेटिभ देखिएका ७ जनाको स्वाब परीक्षण गर्दा पीसीआर मेसिनले निगेटिभ नतिजा देखाएको थियो । प्रदेश २ मा सबभन्दा बढी पर्सामा र सबभन्दा कम बारा आरडीटी परीक्षण गरिएको छ ।

प्रदेश २ सरकारले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म सप्तरीमा ५११, सिरहा २५१, धनुषा १६१, महोत्तरी १०२, सर्लाही ११६, रौतहट ३४३, बारा ८८ र पर्सामा १७३९ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.