जनकपुरधाम, २५ चैत । प्रदेश २ बाट हालसम्म एक सय १९ जनाको कोरोना भाइरसको आशंकामा स्वाब परीक्षण गरिएको प्रदेश सरकारले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मंगलबार मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले हालसम्म एक सय १९ जनाको स्वाब परीक्षण गरिएको जानकारी दिएका हुन् ।

परीक्षण गरिएकामध्ये एक सय ३ वटा नमूनाको रिपोर्ट आएको छ भने १६ वटा नमूनाको रिपोर्ट आउन बाँकी छ । आएका रिपोर्ट सबै निगेटिभ रहेको पनि सचिव घिमिरेले जानकारी दिए । काठमाडौं, जनकपुरधामसहित स्थानका प्रयोगशालाहरूबाट यी नमूना परीक्षण गरिएको हो ।

त्यस्तै, प्रदेश २ मा हालसम्म एक सय ४४ स्थानमा क्वारेन्टाइन खडा गरिएको छ भने यी क्वारेन्टाइनको क्षमता ३ हजार १ सय ७४ शैया रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी, ९ सय ३६ जना क्वारेन्टाइनमा र १ हजार २ सय १३ जना होम क्वारेन्टाइनमा रहेका छन् । प्रदेश २ मा मंगलबारसम्ममा २२ जना आइसोलेशनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.