जनकपुरधाम । प्रदेश २ ले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारको लोकप्रिय नारा ‘खेत–खेतमे पानी, हात–हातमे काम’ लाई यसपटक पनि निरन्तरता दिइएको छ ।

आइतबार प्रदेश सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई अझ परिस्कृत र सशक्त ढँगले अगाडि बढाइने छ ।

अभियान अन्तर्गत छोरी शिक्षा, छात्रवृत्ति, छोरी लोकसेवा तयारी कक्षा, आदर्श विवाह, साइकल वितरण र छोरीहरुको राज्य संरचना ५० प्रतिशत सहभागिताका लागि संरचनात्मक व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । रोजगार गुमाएका युवाका लागि यो कार्यक्रम ल्याउने उल्लेख गरिएको छ ।

स्वरोजगारका अवसर सृजना गरी युवाहरुलाई आत्मनिर्भर बनाउन एवं वैदेशिक रोजगारीबाट स्वदेश फर्केका युवाको ज्ञान, सीप, क्षमता र पूँजीलाई प्रभावकारी रुपमा उपयोग गर्न आवश्यक व्यवस्था गरिनेछ ।

दलित तथा विपन्न वर्गहरुको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि प्रदेशका आठ वटै जिल्लामा प्रदेश प्रमुख रोजगार कार्यक्रम संचालन गरिनेछ । साथै प्रदश प्रमुख नैतिक शिक्षा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

प्रदेश सरकारले महिला सशक्तिकरणका लागि प्रादेशिक महिला आयोग गठन गर्ने लक्ष्य पनि लिएको छ ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा धेरै कुराहरु चालू आवकै नीति तथा कार्यक्रमबाट समेटिएको छ ।

प्रत्येक पालिकालाई सदरमुकामसँग जोड्ने, प्रादेशिक परिवहन सेवा, संघीयताका लागि आन्दोलन गरेका स्व. गजेन्द्रनारायण सिंह र गणतन्त्रवादी नेता स्व. रामराजा प्रसाद सिंहको शालिक निर्माण जस्ता पुरानै नीति तथा कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।

प्रदेश-सरकारको-२०७७-०७८-को-नीति-कार्यक्रम_0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.