प्रदेश २ को नाम ‘थरुहट-थारुवान’ राख्न माग (भिडियाेसहित)


ब्रम्हानन्द ठाकुर, जनकपुरधाम :
प्रदेश २ को नाम थरुहट-थारुवान राख्नु पर्ने माग भएको छ। थारु कल्याणकारी सभा तथा थरुहट थारुवान सँयुक्त संघर्ष समितिले उक्त माग गरेकाे हाे।

समितिका महामन्त्री प्रेमीलाल प्रसाद चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई बुझाएको ९ बुँदे ज्ञापन पत्रमा थरुहट थारुवान राख्नु पर्ने माग गरिएकाे हाे।

ज्ञापन पत्रमा पर्सादेखि झापासम्मको भूभाग सिमाँकन गरी स्वायत थरुहट-थारुवान प्रदेश नामाकरण गरिनु पर्नेमा जाेड दिइएकाे छ।

प्रदेश २ मा थारु भाषालाई सरकारी कामकाज र पठन पाठनको भाषाको रुपमा मान्यता दिनुपर्ने माग गरिएकाे छ। यसैगरी प्रदेशका विभिन्न अंग, निकाय तथा तहहरुमा थारुहरुलाई पचास प्रतिशत समानुपातिक समावेशी प्रतिनिधित्व गराउनुपर्ने समितिको धारणा छ।

प्रदेश २ सरकारद्धारा प्रदेश निजामती सेवाको गठन, सँचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमा आदिवासी थारुहरुको जनसँख्याका आधारमा प्रतिशत नछुटयाएको भन्दै गम्भीर आपत्ति समेत प्रकट गरिएकाे छ।

प्रदेश २ मा थारुहरुकाे जनस‌ंख्या पनि उलेख्य रहेकाे छ।

भिडियाे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.