कोरोना रोकथाममा खटिनेको ज्यान गए परिवारलाई ५० लाख, कृषकहरूका लागि पनि राहत घोषणा

जनकपुरधाम, २८ चैत । प्रदेश २ सरकारले कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिनेहरूलाई कोरोनाको संक्रमणबाट मृत्यु भए पीडि़त परिवारलाई ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न हुने निजामति वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी वा अन्य कर्मचारी तथा पदाधिकारीलाई कोरोनाको सक्रमण भई मृत्यु भएमा पीडि़त परिवारलाई ५० लाख राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यसैगरी कोरोना महामारीको सन्त्रासका कारण गरिएको लकडाउनले किसानहरू पीडित भएकोमा प्रदेश सरकारले किसानहरूले बैंक, वित्तीय संस्था वा सहकारीबाट लिएको ऋृणको चार महिनाको व्याज प्रदेश सरकारले तिरिदिने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकले कृषि कर्मका लागि किसानहरूले ५ लाखसम्म लिएको ऋणमा अधिकतम् १२ प्रतिशतसम्मको ४ महिनाको व्याज प्रदेश सरकारले तिर्ने निर्णय गरेको हो ।

त्यसैगरी पाँच लाखदेखि १५ लाखसम्मको ऋणमा १२ प्रतिशतसम्मको व्याजदरमा ५० प्रतिशत, १५ लाखदेखि ३० लाखसम्मको ऋणमा ४० प्रतिशत र ३० लाखभन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरे बमोजिम व्याज तिरिदिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.