जनकपुरधाम, २० चैत । कोरोना भाइरसको परीक्षण प्रदेश २ मा पनि सुरु हुँदैछ ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुधाममा कोरोना भाइरसको परीक्षण जाँच्ने मेसिन आरटी पीसीआर (Real-Time Polymerase Chain Reaction) मेसिन प्रादेशिक अस्पतालमा स्थापना भइसकेको छ ।

यो मेसिनलाई आजै रातिबाट सञ्चालनमा ल्याउने तयारी भएको छ । यसैबीच, प्रदेका मन्त्रीहरूसहितको टोलीले आज अस्पतलाको निरीक्षण गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झासहितको टोलीले अस्पतालको निरीक्षण गरेको छ ।

टोलीले कोरोना परीक्षणका लागि जडान भइरहेको मेसिनको विषयमा पनि जानकारी लिएको छ । पीसीआर जडानको काम अन्तिम चरणमा रहेको आजै अवेर राति देखि सञ्चालनमा आउने अस्पतालका मेसु डा. नागेन्द्र यादवले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.