रौतहट, ७ वैशाख । नेकपा प्रदेश २ का अध्यक्ष तथा संघीय सांसद प्रभुु साहले प्रदेशको प्रत्येक जिल्लामा कोरोना भाइरसको जाँच गर्ने पीसीआर मेशिन राख्न माग गरेका छन् ।

रौतहटको कटहरिया जनता माविमा निर्मित क्वारेन्टाइनको निरीक्षणपछि सांसद् साहले प्रदेश २ सरकारसँग प्रत्येक जिल्लामा पीसीआर मेशिन राख्न माग गरेका हुन् । अहिले प्रदेश २ मा स्वाबथ्रोट चेकजाँच गर्न वीरगञ्ज तथा प्रादेशिक अस्पताल जनकपुरसम्म आउनुपर्ने र त्यहाँ पर्खिनुपर्ने अवस्था रहेको छ ।

वर्तमान संकटको घडीमा प्रदेश सरकारले कोरोना उपचारका लागि छुुट्टयाएको बजेटबाट तत्काल प्रत्येक जिल्ला सदरमुकाममा पीसीआर मेशिन राख्न आवश्यक रहेको सांसद साहले बताए ।

रौतहटमा भेटिएका एक संक्रमितको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ । सर्लाहीमा पनि शनिबार एक १४ वर्षीय बालकको ¥यापिड टेस्टको नतिजा पोजिटिभ देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.